खेलकुद / मनोरन्जन

नेपालले ओमनलाई हरायो

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गयो । जवाफी ब्याटिङमा उत्रेको ओमन ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेटियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *