अन्तराष्ट्रिय

अमेरिकाले मध्यपूर्वमा नौसैनिक पठायो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताउनुभएको छ । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाउनुभएको छ । उहाँले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट सङ्केत देखिएको दाबी पनि गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *