समाचार

समाज सेवा गर्ने लायन्स लिडरहरु सातौ कन्भेन्सका लागि सकृय

काठमाडौं । लायन्स वर्ष २०१९ र २० का लागि हुने नेतृत्व चयनको प्रचार प्रसारको काम तिव्र गतिमा भइरहेको छ । अन्य संघ संस्थाहरुको भन्दा भिन्न किसिमले लायनको नेतृत्व चयन हुने गरेको छ । समाजिक काममा निरन्तर लागि रहने लायन सदस्यहरु भावि २०१९ र २० को लागि नयाँ नेतृत्वका लागि लायन्स लिडरहरु राजधानी वाहिरका लायन सदस्यहरुसँगको छलफल र अन्तरक्रियामा क्रियाशिल हुदै राजधानीमा पनि त्यति नै सकृय रुपमा प्रचार प्रसारमा लागि राख्नु भएको छ ।

धुम्बराहीको एक पार्टी प्यालेसमा लायन्सक्लबहरुका दुईवटा जोन र एउटा रिजन गरी तीनैको संयुक्त बैठक रिजन चिय पर्सन केशबराज श्रेष्ठको अध्यक्षतामा र मल्टिपल जीएमटी एरिया लिडर पिडिजी लायन शम्भु घिमिरेको प्रमुख आतिथ्यमा भव्यरुपमा सम्पन भएका छन । जोन चियरपर्सन लायन पशुपति प्रसाद घिमिरे र जोन चियरपर्सन लायन ठाकुर तिमिल्सीनाले आफु मतहतका क्लवहरुको प्रगति विवरण पेश गर्नु भएको थियो । त्यसै गरि जोन चियरपर्सन लायन भरत प्रसाईले आफु मातहतका लायन्स क्लवहरुको प्रगति विवरण बैठक समक्ष प्रस्तुत गर्नु भएको गिथो । उहाको जोन अन्र्तगतमा रहेको लाइन्स क्लव अफ नेपाल जोर्नालिस्टकोे वारेमा क्लवको प्रगति विवरण प्रस्तुत गर्दै जोर्नालिस्ट क्लवको गुनासाहरु पनि बैठक समक्ष राख्नु भएको थियो । लायन्स क्लवहरुका सामाजिक सर्भिसहरुका बारेमा मिडियामा समाचार प्रकाशित र प्रसारण नभएको विषयमा लायन भरत प्रसाईले बैठकको ध्याना आर्कषण गर्दै उहाले भन्नु भयो “२०१९ र २० को डिष्ट्रिक्टको नेतृत्व चयनका विषयमा भएका बैठक, अन्तरक्रिया र भेला लगायतका बारेमा जोर्नालिस्ट क्लवले राम्रो ढंगले समाचार प्रकाशन गरेर महत्वपूर्ण भुमिका निर्वाह गरेका छ ।”

सो अवसरमा पिडिजी लायन विजु वज्राचार्यले लायन्स वाद र अन्तर्राष्ट्रिय लायन्स क्लवको महत्वका विषयमा प्रकाश पार्नु भएको थियो । त्यस्तै पिडिजी लायन मधुकर उपाध्यायले लायस क्लवहरुको भुमिका र यसको स्थायीत्वका विषयमा गहन कुरा राख्नु भएको थियो भने पीडिजी लायन ई. कयामुद्दिनले लायन्स क्लब अफ नेपाल जर्नालिस्टले लायन्स क्लबहरुको समाज सेवा कार्यका बारेमे समचारहरु सम्प्रेसण गर्ने कार्य सकारात्मक रहेको र अब आउने नया नेतृत्वसंग बैठक बसेर लायन्स क्लबहरु अझ बढी कसरी मेडिया मैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताउनु भयो । आज सम्पन्न कार्यक्रममा २०१९/०२०का लागि सेकेण्ड भीडिजीका लागि नियम अनुसर लायन केशव पाण्डे र लायन गैरे दुई जनाले उम्मेदवारी दिनु भएको छ । दुई जना मध्य जुन रुपमा लायन केशव पाण्डे लायन्सहरुसंग निरन्तर सम्पर्कमा बनाउददै आफु लायन्स क्लबहरुसंग मिलेर समाज सेवामा अझ कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ अथवा आफ्ना प्रतिवद्धता व्यक्त गरिरहनु भएकोको छ तर अर्का सेकेण्ड भीडिजीका उमेदवार लायन गैरेले त्यसरी सम्पर्क समेत किन न राखेको हो भन्ने विषय समेत बैठकमा लायन्सहरुमा चर्चा भएको थियो । सम्पन्न एरिया, रिजन र जोन कार्यक्रममा ईनकमिङ्ग फस्ट भीडिजी लायन डा.शुशीला मल्ल, पीडिजी लायान शिवराम प्रधान, क्याबीनेट सेक्रेट्रि लायन दिपककृष्ण प्रजापति लगायत विभिन्न लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *