अन्तराष्ट्रिय

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण

काबुल । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको छ । गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले बम बिस्फोटबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *