अन्तराष्ट्रिय

पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो

लाहोर  । पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए । यस बिस्फोटको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । यहाँको एक मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *