अन्तराष्ट्रिय

अफगानिस्तानमा महिला पत्रकार मारिए

अफगानिस्तान । अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उहाँ विगतमा टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पत्रकार मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी हत्या गरिएको थियो । उहाँ राजनीतिमा पनि सहभागी हुनुहुन्थ्यो । उहाँ राजनीतिक सल्लाहकारको रुपमा कार्यरत हुनुहन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *