प्रदेश ७

खण्डहर बन्दै छ मुक्त हलियाको बस्ती

डोटी ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको बस्ती खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोत्दै आएका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुन थालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारीरूपले काम नहुँदा यस वर्ष पनि पुनःस्थापना हुनेमा शङ्का पैदा भएको छ । उक्त बस्तीमा पानी र बिजुली नहुँदा आफूहरू त्यहाँ बस्न नसकेको मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *