प्रदेश ७

प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

धनगढी  । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यापार गर्न नभई जनतालाई सेवा दिन प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्न लागेको बताउनु भएको छ । प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझाव लिन आज यहाँ आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले प्रदेश बस सेवा सञ्चालनमा सहयोग पु¥याउन सरोकारवालासँग आग्रह गर्नुभयो । नयाँ काम शुरु गर्नुअघि केही जटिलता हुनु अस्वाभाविक नभएको भन्दै उहाँले बस सेवा सञ्चालन पूर्व प्रदेशका सडक, हाल सञ्चालनमा रहेका यातायातको समग्र अवस्था, सामाजिक र आर्थिक पाटोलाई समेत गम्भीर रुपमा अध्ययन विश्लेषण गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एकल, प्राधिकरण वा साझेदारी जुनसुकै ढाँचामा भए पनि बस सेवा शुरु गर्नुपर्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *