अर्थ / पर्यटन

वित्तीय सङ्घीयता कार्यान्वयनको दिशामा बजेट : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षको छोटो अवधिमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम भएको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिनुहुँदै उहाँले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने प्रस्ट पार्नुभयो । “स्रोत, खर्चको दायित्व, अधिकार क्षेत्रको बाँडफाँटका धेरै कानून बनिसकेका छन्, कतिपय कानून छलफलको क्रममा छ, यसैले वित्तीय सङ्घीयता कार्यान्वयन हुँदैछ, धेरै व्यवस्थित हुँदैछौँ,” उहाँले भन्नुभयो । निजी र सहकारी क्षेत्र, विकास साझेदारसँग पनि सहकार्य गर्ने कामलाई सरकारले प्राथमिकता दिने मन्त्री खतिवडा बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *