खेलकुद / मनोरन्जन

कोरियामा मोख्पो साङितिक सौगात कायक्रम भब्यताका साथ सम्पन्न

दक्षिण कोरिया । मोख्पो थेबुल दक्षिण कोरिया मोख्पो साम्हो साझा चौतिरि द्वारा आयोजित साङितिक सौगात कायक्रम भब्यताका साथ सम्पन्न भएको छ। रास्कोट अस्पताल निर्माण सहयोगार्थ आयोजित साङितिक सौगात कायक्रमको सभापतित्व सुन्दर सुबेदि ले गरेका थिए। प्रमुख आतिथिको रूपमा एन.आर .एन .अध्यक्ष लक्ष्मि गुरुङ , बिशेष अतिथिको रूपमा टि यु अध्यक्ष उदय राई, नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका सचिव बेदनाथ आचार्य र ओमेन फर ओमेनकी अध्यक्ष पध्मा श्रेष्ठको उपस्थिति रहेको थियो।त्यसैगरी अतिथिको रुपमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया सदस्य नबराज पान्डे तथाअन्य बिभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समयोजन नारायण पौडेल ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बिक्रम गुरुङ तथा सुदिप पौडेल ले गर्नुभएको थियो ।

कायक्रममा राष्ट्रिय कलाकार एवं गायिका कृष्णा गुरुङ , छेवाङ लामा तथा स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । आगामी दिनहरुमा पनि नेपाल पत्रकार मञ्चको यस्ता सामाजिक किसिमका कार्यक्रमहरूमा सक्रिय रुपले सहयोग र साथ रहने नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका सचिव बेदनाथ आचार्य ले बताउनुभयो। कालिकोटका अति बिकट रास्कोटमा अस्पताल निर्माण सहयोगार्थ आयोजित उक्त कार्यक्रममा स्थानीय नेपाली दर्शकहरुको उल्लेखनीय उपस्थितिले कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमबाट उठेको सहयोग रकम रास्कोटमा अस्पताल निर्माणको लागि खर्च हुनेछ । -बि एन आचार्य, दक्षिण कोरिया

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *