महिला / कृषि

प्राङ्गारिक मल बनाउन गृहिणी इच्छुक

चिप्लेढुङ्गा । घरेलु फोहरको उचित व्यवस्थापन गर्न महिलाले मल बनाइने भाँडा ‘कम्पोष्ट मल बिन’ मन पराउन थालेका छन् । भान्छाको फोहरको उचित व्यवस्थापन हुने र कुहिएर मल बन्ने भएपछि गृहिणी कम्पोष्ट मल बनाउन इच्छुक देखिएका हुन् । कौसी तथा करेसाबारीमा लगाइएको तरकारीलाई राम्रो मल हुने भएपछि पछिल्लो समय गृहिणिको रोजाइमा कम्पोष्ट मल बिन पर्न थालेको हो । प्राङ्गारिक मल बनाउन प्रयोग गरिने सो भाँडालाई रु एक हजार पाँच सय पर्ने भए पनि पोखरा महानगरपालिका वडा नम्बर ८ ले वडाअन्तर्गतका विभिन्न समूहलाई आधा मूल्यमा निःशुल्क गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *