विविध

नागरिक संस्था प्रतिको राज्यको उत्तरदायित्व र यस क्षेत्रको चुनौतिको बारेमा छलफल

काठमाडौं । सामुदायिक सारथी संस्थाको आयोजनामा साप नेपाल, नेपाल अपाङ्ग समाज, सोच नेपाल, नेपाल पत्रकार मञ्च, लायन्स क्लब अफ नेपाल जर्नलिष्ट र एशियन एकेडमी फर पिस एण्ड रिसर्चका प्रतिनिधिहरुबीचमा समसामयिक, वर्तमानमा नेपालको अवस्था र नागरिक समाजको भुमिकाको बारेमा प्रारम्भिक छलफल भएको छ ।

छलफलमा लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि नागरिक समाज संस्थाहरु एक जुट भई कार्य गर्नु पर्ने, सुशासन र पारदर्शीताको लागि आवाज उठाउनुका साथै संचारकर्मी र सञ्जालहरुसँगको साझेदारी बढाउनुपर्ने, नागरिक समाज आफैमा पारदर्शी र जवाफदेही भई तटस्थ हुनुपर्ने, नागरिक समाजले गरेका कार्यहरु सञ्चार माध्यम मार्फत जनता माझ पु¥याउनु पर्ने र आफु पारदर्शी भई सरकारलाई पनि पारदर्शी हुन चुनौति दिने, नागरिक समाज आन्दोलनबाट राज्यका बिभिन्न तहमा पुगेका व्यक्तिहरु र गैसस महासंघलाई पनि यो अभियानमा सामेल गराउनुपर्ने, अघोषित वाक स्वतन्त्रता, नागरिक स्वतन्त्रता नियन्त्रण विरुद्ध सयुक्तरुपमा पहल गर्नु पर्र्ने, नागरिक समाजले परियोजन प्राप्त गर्ने तरिका र यसको संयन्त्रका बारेमा सर्वसाधारण र राजनीतिक व्यक्तित्वहरुलाई जानकारी गराउनु पर्ने, नागरिक समाज संघसंस्थाहरुको सामुहिक भेटघाटलाई नियमित गरी समसामयिक मुद्दाहरुहरुमा सामुहिक आवाज उठाउने, आगामी बैठकमा अन्य सघसंस्थालाई पनि आमन्त्रण गरी बृहत रुपमा नागरिक भेला गर्दै जाने, नागरिक संस्था प्रतिको राज्यको उत्तरदायित्व र यस क्षेत्रको चुनौतिको बारेमा छलफल गर्ने, बैठकलाई अनौपचारिक रुपमा हप्ताको एक पटक आयोजना गर्ने, राष्ट्रिय, प्रदेश र स्थानीय बजेटको बारेमा बिश्लेषण गरि नागरिक संस्थाको तर्फबाट धारणा सार्वजनिक गर्ने लगायतका विषयहरुमा छलपल भएको थियो ।
बैठकमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारी, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेज कुमारी तिवारी, सोच नेपालका उत्तम निरौला, नेपाल पत्रकार मञ्चका कोषध्यक्ष यज्ञ ढकाल, एशियन एकेडमी फर पिस एण्ड रिसर्चका तर्फबाट मिनाक्षी योगी र लायन्स क्लब अफ नेपाल जर्नलिष्टका तर्फबाट प्रसिडेन्ड योगेन्द्र प्रताप शाहीको प्रतिनिधित्व रहेको थियो ।-योगेन्द्र प्रताप शाही

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *