अर्थ / पर्यटन

‘व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा’

काठमाडौँ  । निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीले विद्यमान आपूर्ति प्रणालीमा देखिएको व्यवधान तत्काल हटाइनुपर्ने बताए । निर्यात अनुदान बढाएर निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरुले उद्योगी व्यवसायीमा सरकारले उत्साह भर्नुपर्ने उल्लेख गरे । उनीहरुले मौद्रिक नीतिमा व्यापार सहजीकरण गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका थिए । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा गरिएको केही नीतिगत व्यवस्थाका कारण व्यवसायीलाई अप्ठ्यारो अवस्था सिर्जना गरेको भन्दै सहभागीले नीतिगत सुधारको अपेक्षा गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *