समाचार

अझै केही दिन मनसुन सक्रिय नहुने

काठमाडौँ । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन ट्र«स्ट भारतको मध्य भू–भागमै रहेको छ । “उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ”, मौसविद् पोखरेलले भन्नुभयो । जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *