विविध

विषादीयुक्त फलपूmल तरकारीको आयात रोक्न माग

काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलपूmल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो । सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *