अन्तराष्ट्रिय

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

बेइजिङ । संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम सम्वृद्धिकरणको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो । “तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भन्नुभयो । उहाँले भन्नुभयो, “अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दवाब इरानी आणविक सङ्कटको कारण हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *