प्रदेश ६

टाइफाइडको प्रकोप बढ्दै

डोल्पा  । हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिनुभयो । एक महीनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । “अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ”, रावलले भन्नुभयो, “यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *