समाचार

देशभर मनसुन सक्रिय

काठमाडौं  । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *