खेलकुद / मनोरन्जन

नेपाललाइ खेलाडी उत्पादन गर्ने देशका रुपमा चिनाउन चाहन्छौ : बिनोद श्रेष्ठ

काठमाडौ । नेपालको खेलकुद क्षेत्र लाइ बिश्वभर चिनाउनु पर्नेमा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठले जोड दिएका छन। श्रेष्ठले सो कुरा मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौ जिल्ला कमिटी द्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा बताएका हुन। श्रेष्ठले नेपाल लाइ पशुपति ,लुम्बिनी र सगरमाथाको देश मात्रै नभएर खेलाडी उत्पादन गर्ने देशका रूपमा चिनाउनु पर्ने बताए ।

उनले शुसिल कोइराला फाउन्डेसन सङ मिलेर काम गरेकाले पुर्ब एमाले सङ जोडेर हेर्न नमिल्ने बताए। यसैगरी काठमाडौ महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले खेल क्षेत्रलाइ महानगर पालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।उनले खेल्ककुदको बिकासमा आफु निरन्तर लागी रहने बताए ।

आयोजक संस्थामदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौ जिल्ला कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमले खेलकुदको बिकासमा सबैले साथ दिनु पर्ने बताए। खेल बिनाको जिबन कल्पना गर्न नसकिने उनले बताए।काठमाडौ जिल्ला कमिटीले खेलकुदको बिकासमा प्रभाबकारी काम गर्ने धारणा राखे।खेलकुद मानब जिबनको लागी महत्वपुर्ण भएको उनले बताए। यसैगरी सो अवसरमा तेक्वान्दोमा अनिल तामाङ,फेन्सिङ तर्फ क्रमस अमित भण्डारी , ओमकार सिंह ,पायस योन्जन र्सन्तोष थापा मगर लाइ सम्मानित गरिएको थियो । बक्सिङ तर्फ सुस्मा तामाङ,एथलेटिक्सतए सन्तोषी श्रेष्ठ सफ्टेनिस तर्फ चन्द्र्माया राइ,सुनिरा थापा ,निर्मल स्थापित र शारीरिक सुगठन तर्फ अनिल लाल श्रेष्ठ ,नरेश मालाकार र आवाज प्याकुरेल लाइ प्रमुख अतिथि बिनोद श्रेष्ठ काठमाडौ अध्यक्ष नाजिर उद्दिन र काठमाडौ महानरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन ले सम्मान गरेका थिए। समानित हरुले आफ्नो प्रतिभाको कदर गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *