प्रदेश ७

बूढीगङ्गा नदी थुनिने सम्भावना

बाजुरा । बाजुरा जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो । १० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताउनुभयो । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ । नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो । उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगङ्गा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले विस्तारै पानी थुनिने सम्भावना देखिएको उहाँको भनाइ थियो । हामीले सबैतिर खबर गरेका छौँ, सङ्घीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल शुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *