समाचारस्वास्थ्य / शिक्षा

स्वास्थ्यमा सबैको पहुँच विस्तारकोे प्रयास भइरहेको छ : उपप्रम यादव

काठमाडौं  । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री यादवले भन्नुभयो, “वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार २०० ले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *