समाचार

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *