विविध

न्यून चापीय रेखा नेपाल नजिक : देशभर वर्षा हुने

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो । त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *