प्रदेश १

बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *