नेपाली / English / हिन्दी

हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

l;Gw'kfNrf]s,!& ebf} l;Gw'kfNrf]ssf] x]nDa'df lgdf0f{ x'Fb} u/]sf] u|]6 6«]n . t:jL/ b]j/fh ;'j]bL -/f;;_
मेलम्ची । नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ । ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’(पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो । करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो । गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ ।