नेपाली / English
scroll अर्थ / पर्यटन

सिटिजन्स बैंकले ऋणपत्रको म्याद थप्यो, चैत ४ सम्म भर्न सकिने

काठमाडौं : सिटिजन्स बैंकले ऋणपत्रबिक्रीको म्याद थप गरेको छ । पहिलो चरणको निधारित समयमा बिक्री हुन नसकेपछि बैंकले आवेदन भर्ने समय थप गरेको हो । थपियको समय सहित अब लगानीकर्ताले चैत ४ गतेसम्म ऋणपत्र भर्न सक्नेछन् । तर चैत ४ भन्दा अघि नै माग भन्दा बढी आवेदन परेमा भने सूचना दिएर बन्द गरिने बैंकले जनाएको छ ।
बैंकले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्, भने १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । जसमा वार्षिक १०.२५५ ब्याज पाइनेछ ।
बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । तर पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउनको लागि पनि ऋणपत्रलाई आधार बनाउन थालेका छन् ।

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org