नेपाली / English
scroll स्वास्थ्य

जनसंख्या मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको निर्णय अनुसार हामीले काम गर्दै आएका छौं : डिएम रबि खड्का

काठमाडौं । नेपालमा निजी अस्पतालहरुले आम नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निभाउदै आएको छ । अहिलेको महामारीमा पनि पहिले अलमलमा परेका निजि अस्पतालहरु पछिल्लो सममा निक्कै सक्रिय भएर लागेका छन । त्यसको ज्वलन्त उदाहरण हो निजी क्षेत्रको लगानीमा संचालित चिरायु नेश्नल अस्पताल ।

त्यसै सन्दर्भमा अस्पतालका डिपुटी म्यानेजर रवि खड्का भन्छन, “अस्पतालले लकडाउनको धोषणा सुने लगतै विषेश छलफल गर्नको लागी कन्फ्रेन्स कल गरी भोलीका दिन के कसरी अगाडि बढ्ने भन्ने कुरा फोन मार्फत छलफल गरीयो । यसको साथसाथै २०७६/१२/११ को दिन अध्यक्ष साङ्गे गुरुङूको नेतृत्वमा कार्यकारी निर्देशक हेम गुरुङ, बोर्ड अफ डाइरेक्टर सुरज नारायण जोशी, अस्पतालका निर्देशक संजिव राजभण्डारी, अपरेशन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्य, मेडिकल डाइरेक्टर प्रो.डा.उत्तम कुमार शर्मा, डिपुटी मेडिकल डाइरेक्टर डा. अजय प्रधान, आइसीयूका प्रमुख डा. अमित शर्मा भट्टराई र अन्य चिकित्सकज्यूहरु, असिष्टेड मेट्रोन गिता श्रेष्ठ, सिनियर स्वास्थ्यकर्मीहरु र प्रशासनका कर्मचारीसहितको सहभागितामा सल्लाह गरेका थियौँ ।”

खड्का भन्छन, ‘अस्पताल त्रिभुवन शिक्षण अस्पतालको Satellite अस्पतालमा परेको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको निर्णय अनुसार हामीले काम गर्दै आएका छौं ।’ जसमध्ये सम्भावित कोरोनाको विरामी आएको खण्डमा नियमित काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने गराउँदै आएका छौँ ।’ परिक्षण पछि स्वास्थ्य मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको निर्देशन बमोजिम नियम पलना गरेर आइसोलेसनमा पठाउने गरिएको छ । Lockdown को अवधिमा चिकित्सकहरुसँग भेटघाट तथा परामर्श लिन नसकेको खण्डमा मोवाई नम्वर दिएर परामर्श दिने व्यवस्था मिलाएको छ र आकस्मिक अवस्थामा आवश्कता अनुसार चिकित्सकहरुले अस्पताल मै उपस्थित भई सेवा दिई राख्नुका साथै अति आवश्यक शल्यक्रिया पनि भई राखेको कुुरा बताउछन । फिजिसियन, मनोचिकित्सा, Neuro, Gastro and hepatology र स्त्री तथा प्रसूति सम्बन्धि सेवा समाजिक दुरी कायमराखी आवश्यक सुरक्षित सामाग्री दिई सेवा शुरु गरिएको छ र आगामी दिनहरुमा क्रमशः अन्य आवशयक सेवाहरु श्ुरु गर्ने तयारीमा रहेको खड्काले बताए । चिरायु अस्पतालमा हाल सम्म ४ जना संकास्पद बिरामीको कोरोना भाइरस जाँचको लागि नमूना पठाएकोमा ४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

खड्का भन्छन, “हामीले संचार माध्यम लगायत अरु ठाँउबाट निजि अस्पतालले सेवा नदिएको गुनासो सुन्दै आएका छौँ, त्यसमा हामीले कुनै अस्पतालको टिपणी नगरौं तर हामी २४ सौँ घण्टा खुला रहेर कुनै पनि बिरामीलाई उपचार नगरी पठाएको छैनौँ । अहिले सम्म लकडाउन अवधिमा आकस्मिक सेवामा ३५१ र Corona Clinic (Fever Clinic) मा ४५ जनाले सेवा लिईसक्नु भएको छ ।’ त्यस्तै गरी अरु आम मानिस यस महामारीको वेला त्रसित रहि घरपरिवारबाट कार्य क्षेत्रमा नजान जोड दिएको अवस्थामा हाम्रो यस अस्पतालको चिकित्सक, स्वास्थ्यकर्मी, र प्रशासनका कर्मचारीलारुई यस महामारीको बेला कार्य गर्न चाहिने आवश्यक साम्रागीहरु दिएर उनीहरुको हौसला बढाएको खड्काले बताए । त्यसैगरी Frontline मा खटिनुपर्ने संचारकर्मी र सुरक्षकर्मीलारुई कोरोना महामारी चाहिने स्वास्थ्य सामाग्रीहरु पनि वितरण गर्दै आएको खड्काले बताए ।-नेपालीजन्ताबाट

विश्वबाट समाचार

Your Life at Home

Parenting, technology and wellness advice, and what to watch, read, cook and grow while staying safe at home.

Inside Cameo, the app...

During the pandemic, Baskin joined an app where you can hire the likes of Anthony Scaramucci and Lindsay...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Map: Which states are...

Hundreds of millions of people started moving around again. Now, a surge is here, with new restrictions.

Asked and answered: What...

The Washington Post has catalogued questions about the novel coronavirus and provided a guide to help you find...

U.S. coronavirus cases and...

The death toll from covid-19 began to rise steadily in early March, then more sharply as the disease...

Powered by NewsAPI.org