नेपाली / English
scroll विचार सम्पादकीय

कोभीड १९ को मानव समाजमा पर्न सक्ने मनो समाजिक तथा मानसि असर

चीनको वुहानबाट २०२९ डिसेम्बर अन्त्य देखि शुरु भएको कोरोना भाईरस संक्रमण विश्वभरी महामारीको रुपमा फैलिएको छ । आज यो लेख लेखि रहदासम्म यस भाईरसको औषधि पत्ता लगाउन सकिएको छैन जसको कारण मानव समाजका लागि विश्वमा डरलाग्दो विषय बनेको छ । विश्वका शक्तिशालि राष्ट्रहरुले समेत कोभीड–१९ सँग लड्न सकिरहेका छैनन् । युरोपका लगभग सबै देशहरु लगायत विश्वको सुपरपावर अमेरिकालाई समेत कोरोना भाईरसले घुँगा टेक्न बाध्य पारेको छ । धनि होस या गरिब, वृद्ध हो या जवान यो भाईरसले कसैलाई पनि छोड्दैन भन्ने कुरा विश्वभर भाईरसका कारण ज्यान गुमायकाहरुको तथ्याड्ढले देखाउछ ।

कोभीड–१९ ले विज्ञानलाई समेत चुनौती दिएको अवस्था छ । यस्तो महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख सातकजार पार गरी सकेको छ भने संक्रमणको संख्या यो लेख लेखिरहदा सम्म तीस लाखको हारा हारीमा पुगी सकेको छ । विरामीको उपचार गर्ने डाक्टर, नर्स र स्थास्थ्यकर्मीहरुलाई समेत यो भाईरसले बक्सेको छैन । भाईरसको महामारीलाई नियन्त्रण गर्न नसकिरहेको अवस्था सृजना हुन थालेपछि लगभग विश्व नै लकडाउन गरेर भाईरस व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भन्ने उद्देश्यले सर्नबाट रोक्नका लागि (बे्रक) गर्न प्रयास भईरहेको छ । समाचार माध्यमहरुका अनुसार कोभीड–१९ को उद्गम स्थल चीनले भाईरसबाट निजात पाएको बुझिन्छ ।
नेपालमा कोभीड–१९ को असर आजसम्म त्यति डरलाग्दो नदेखिए पनि विस्तारै विस्तार संक्रमीतको संख्या भने बढी रहेको छ । हालसम्म नेपालमा ५२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने उपचार पछि केही निको भएका पनि छन् । भाईरस संक्रमणबाट नेपालमा कुनैले पनि ज्यान गुमाएको छैन । नेपालमा लकडाउनका समयमा डिप्रेशनका कारण आत्महत्या समेत गरिसकेका समचार नआएका पनि हैनन । लकडाउनका कारण डिप्रेशनमा परेर आत्महत्या गरेको सरकारी पक्षबाट पुष्टि भएको भने पाईदैन तर पनि यदि समाचार माध्यममा आएको समाचार सत्य हुन भने आउने दिनहरुमा लकडाउनका कारण समाजमा कस्तो खाले प्रभाव देख्नसकिन्छ हामी सहजै अनुमान लगाउन सक्छौ ।

जसरी कोरोना भाईरसले गरिब र धनी छुट्याउदैन त्यसैगरी यसको जोखिमा जुन सुकै वर्ग पनि पर्न सक्छन । त्यसकारण विश्वमा महामारीका कारण लकडाउनको अवधिमा आफ्ना बालबालिका र किशोर किशोरीका बारेमा अभिभावकहरुले उनिहरुको व्यवहारलाई ध्यान दिनु आवश्यक देखिन्छ । देशमा लकडाउनको अवस्था लम्बिदै जादा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य, बालबालिका, किशोरी, किशोरहरु तथा तोस्रोे लिङ्गी माथी उत्पन्न हुने अभावले पनि उनिहरु हिंसामा पर्ने खतरा हुनसक्छ । यि अभावका बीच मानसिकरुपमा हुने मानसिक विचलनको लाभ उठाउदै राहत सहयोग र उद्धारका नाममा बलात्कार र बेचविखनमा पनि पर्न सकिने अधिक सम्भावना हुनसक्छ । कोरोना भाईरसका कारण कलकारखाना, उद्योग, व्यापार सबै लगभग ठप्प भएको अवस्था छ । त्यस कारणले दैनिक ज्याला मजदुरी गरी साँझ विहानको छाक टार्ने परिवारका सदस्यहरु पीडामा छन् ।

त्यस्तै अहिलेको अवस्थामा गर्भवती, सुत्केरी, नवजात शिशु, वृद्धवृद्धा, दिर्घ रोग भएकाहरु उच्च जोखिममा रहेका छन् । यस्तो अवस्थामा मानिसहरुमा शारीरिक तथा मानसिक समस्याहरु आउन सक्ने सम्भावना अधिक हुन सक्छ । मानिसहरुमा विभिन्न खालका मनोसमाजिक समस्याका लक्षणहरु देखिन सक्छन् । जस्तै : डरलाग्ने, दिक्दारीपन आउने, चिडचिडापन आउने, सानो भन्दा सानो कुरामा रिस उठ्ने वा रिसाउने, धेरै वा थोरै खाना खाने, निन्द्रा लाग्ने, सरसफाईमा ध्यान नदिने, मन स्थिर नहुने, दुःखि हुने, रुन मन लाग्ने, थकान महसुस हुने, टाउको दुख्ने, आत्महत्याको सोच आउने, मुटु काँप्ने, मनमा नरमाईलो लाग्ने, एक्लै बस्न मन लाग्ने, आत्मबलमा कमि आउने, चिन्ता लाग्ने लगायत विषयहरु मनोसाजिक समस्याका लक्षणहरु हुन ।

यस्तो लक्षणहरुको शंका कसैमा देखियो भने समयमै मनोसामाजि समस्या पहिचान गरी त्यसको उपचार गर्नु पर्दछ । यदि यस्तो विपतको परिस्थितिमा समयमा उपचार हुन सकेन भने मानिस जटिल प्रकारको मानसिक समस्यामा जान सक्छ । यस्तो अवस्था नआवोस भन्नाको लागि पूजा गर्ने, ध्यान गर्ने, संङ्गित सुन्ने, पुस्तकहरु पढ्ने, आपूmलाई मनमा के भैराछ वा के कस्ता विचारहरु आईरहेका छन् निकटका साथीहरुलाई सुनाउने । लकडाउनको अवस्थामा प्रत्येक्ष भेंटघाट हुन नसकेको खण्डमा फोन, फेसबुक, भाईबर वा भीडिओ कल लगायत विभिन्न एप्सहरु प्रसस्त छन् जुन हामीहरु प्रयोग गर्छौ यस्ता माध्यमहरु मर्फत घरमा बसेर साथी भाईहरुसँग एकआपसमा कुरा सुन्न र सुनाउन सकिन्छ । त्यस्तै साना बालबालिकाहरुलाई उनिहरुले सक्ने कुनै चिज बनाउन लगाउने ।
कोभीड–१९ का कारण प्रभावितका लागि भनेर मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सार्वजनीक गरेको मनोपरामर्स सेवामा सम्पर्क गरेर पनि मनोपरामर्स सेवा लिन सकिन्छ । –मञ्जु शाहीु (लेखक विगत लामो समयदेखि मनो  विमर्श कर्ताको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org