नेपाली / English
scroll विचार

ओलीे सरकारको राज्य सञ्चालनमा कमि कमजोरी भएका दर्जनौं काण्डहरु बाहिरिएका छन्

-दामोदर प्रसाद दवाडी,

विश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण करिव ६२ लाख मानिस संक्रमित भएका छन् । तीन लाख ७१ हजार मानिसको निधन भएको छ । चीनबाट सुरु भएको कोरोना विश्वका दुई सय १५ राष्ट्रमा फैलिएको हुँदा पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा मृत्यु भइरहेको छ । स्पेन, इटलीलगायत मुलुकहरुमा कोरोनाका कारण अर्थतन्त्र थला पर्दै गएको छ । हाम्रो मुलुकमा पनि कोरोना संक्रमितको संख्या निदानुदिन बढ्दै गएको छ । आजसम्म एक हजार पाँच सय ६७ जना कोरोना संक्रमित भएका छन् भने आठ जनाको मृत्यु भएको र दुई सय २०जना निको भएर घर फर्केको अवस्था छ । लकडाउनका कारण करोडौं मानिसहरु आफ्नो घरभित्र बन्दी अवस्थामा रहेका छन् ।
नेपालमा लकडाउन चैत्र ११ गतेदेखि अहिलेसम्म ६७ दिन भइसक्दा राजनैतिक तबरबाट लकडाउनलाई उलंघन गरिएको कारण संक्रमितको संख्या बढेर गएको छ । कोरोना भाइरस नेपालमा आयातित भएको हुँदा छिमेकी भारतबाट आएका मानिसहरुमा कोरोना भाईरस महामारी बढी देखिएको छ ।

सिमा नाकामा हजारौं नागरिक खुला आकासमुनि बस्न बाध्य छन् । अव्यवस्थित बसोबास समयमा क्वारेन्टाईनको व्यवस्था, औषधि उपचार प्रयाप्त नहुँदा स्थिति भयावह हुदैछ । हाम्रो स्रोत साधनलाई व्यवस्थित तरिकाले गर्न नसक्दा प्रत्येक दिन एक सय ५० को हाराहारीमा कोरोना संक्रमितको वृद्धि भइरहेको छ । भारतको नाकाबाट आउने हजारौंको संख्या र विदेशबाट आउनेको संख्या बढ्दै जाँदा उनीहरुबाट आयातित भाइरसको रोकथाम गर्नका लागि व्यवस्थित क्वारेन्टाइन र अस्पतालहरुको व्यवस्थापन मिलाउन नसके स्थिति भयाबह हुने अनुमान गरिदै छ ।

२०७४ फागुन २ गते मुलुकको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीे सरकारको राज्य सञ्चालनमा कमि कमजोरी भएका दर्जनौं काण्डहरु बाहिरिएको भएता पनि कसैलाई कारवाही भएको छैन । आफ्नै पार्टी नेकपाबाट समेत निकै आलोचित हुँदै आएका प्रधानमन्त्री ओली नेतृत्व राज्य सञ्चालनमा असफल भएको छ । पार्टीका सचिवालयदेखि स्थायी समितिसमेतलाई निस्प्रभावी बनाईदिएका ओलीले पछिल्लो समय चिनिया चलखेलका कारण १० वर्ष जनयुद्धबाट राजनीतिको शिखरमा पुगेका पुष्पकमल दाहाल (प्रचण्ड)को समेत राजनीति यात्रा धरापमा पर्दै गएको विश्लेषण भई रहेको छ ।

सरकार सञ्चालनको नेतृत्व सम्हालेदेखि भण्डै डेढ वर्षसम्म उखान टुक्का र प्रतिपक्षी दललाई होच्याउने काममा समय व्यतित गरेका प्रधानमन्त्री ओलीले डेढ वर्ष देखियता पार्टीको आन्तरिक किचलो मत्थर पार्दै दर्जनौं पटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन् ।
२०७२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री भएपछि ओलीले राष्ट्रवादको पासा फाल्दै राष्ट्रवादको नारा घन्काउन सफल भएका छन् । महाभूकम्पसँगै अघोषित ६ महिना लामो नाकाबन्दी गरेको भारत यतिबेला तिलमिलाएको छ । जनयुद्ध शुरु भएदेखि जनविद्रोह गर्ने दल लगायत कम्युनिष्टहरुका नेतालाई आश्रय दिदै आएका भारतीय राजनीति पछिल्लो समयमा पूर्णत नेपाल मामलामा असफल भएको हुँदा नेपालसँग भएका सन्धी सम्झौताबारे पुनः विचार गर्नु पर्ने माग नेपालको संसददेखि सडकसम्म उर्लिरहेको छ ।

गएको हप्ता सरकारले प्रकाशन गरेको नेपालको नयाँ नक्सा भनेर नेपालीहरुमा एक किसिमको भ्रम सिर्जना भईरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतद्धारा निर्माण गरिएको बाटो तथा संरचना थाहा नपाउने सरकारले नेपालको नयाँ नक्सा भन्दै प्रकाशन गरेपछि सरकारका दर्जनौं काण्डहरु छायामा पर्न थालेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी हिजो नेपालमै थियो र आज पनि छ र भोली पनि रहिरहनेछ । यसमा कसैको विमती नहोला तर यथार्तता हेर्ने हो भने चीन र भारतबीच सन् १९६४ मा भएको लडाईका कारण भारतलाई आफ्ना सेना कालापानीमा राख्न नेपालको तत्कालिन सरकारले अनुमति दिएको नेपालको राजनीतिक इतिहासबाट प्रष्ट हुन्छ ।

भारतले ५०औं वर्षसम्म पनि उक्त जग्गामा अड्डा जमाइरहेको र कुटनैतिक माध्यमबाट सीमा बिवाद समाधान गर्ने पहल नगरिएको कारण नै वर्तमान सरकारलाई सञ्जिवनी बुटी प्राप्त भएको हो । बौद्धिकता र कुसल कुटनैतिक तबरले समाधान खोज्नु पर्ने विषयलाई भारतले पटक पटक बनेको सरकारले गरेको कुटनैतिक प्रयासहरुलाई वास्ता नगरेकै कारण ओलीलाई दोस्रो पटक राष्ट्रवादी नेताको चित्रण गराउने काम भारतबाटै भएको देखिन्छ । निकै लामो समयदेखि सेनाको अखडा बनाईरहेको भारतले न त अन्तराष्ट्रिय जगत गुहारेर सिमा मिलान गर्न खोज्छ न त सेना फर्काएर बनाएको संरचना भत्काउछ । उसले कुटनैतिक तबरका बार्ताहरुलाई टार्दै जाने रणनीति अख्तियार गरेको कारण अहिले समस्या उत्पन्न भएको हो । उत्तरी चीनले २०१५ मा भारतसँग गरेको पर्यटकीय र व्यापारीक बाटोबाट भारतीय बजारमा आफ्नो साम्राज्य जमाउन खोजिएको रणनीतिका कारण सीमा विवादमा तटस्थ बसेको छ ।

चीनले सिमा विवाद नेपाल र भारतको समस्या हो भन्दै पन्छिने काम गरिरहेको छ । यो समस्या त्रिपक्षिय समस्या भएको हुँदा चीन कसरी पन्छिन सक्छ ? विश्व बजारलाई चीनको भर पर्न पर्ने बाध्यकारी रणनीति चीनले लिएको कारण २०१५ मा राष्ट्रपति सि जिङ्ग पिङ्ग र भारतीय प्रधानमन्त्रीबीच भएको व्यापारिक सहमतिका कारण नै अहिले नेपाल अप्ठ्यारोमा परेको हो । ठूला राष्ट्रहरुको बीचमा रहेको नेपाललाई कहिले भारतको राजनीतिक प्रभाव र कहिले चीनको राजनैतिक प्रभाव पर्दै आएको छ । पछिल्लो पटक नेपालको राजनीतिमा चीनको प्रत्यक्ष संलग्नता देखिएकै कारण प्रधानमन्त्री केपी ओलीको सत्ता लम्बिएको हो भनेर अनुमान लगाउन सहजै सकिन्छ ।
त्यसैले ठूला राष्ट्र चीन र भारतमध्ये चीनले नेपालको सिमा विवादमा तटस्थ बस्ने भनेको भारतलाई सहयोग गरेको बुझ्न कठिन छैन । अन्तराष्ट्रिय अदालत जाँदा पनि अन्तराष्ट्रिय अदालतको धारा ३६ र ३७ को प्रावधान अनुसार भारतसँग कुटनैतिक पहल नगरी समस्या समाधान हुने कम सम्भावना देखिन्छ ।

धारा ३६ र ३७ अनुसार विवादित दुवै राष्ट्रले सामुहिक सन्धी गरी अन्तराष्ट्रिय अदालतमा निवेदन सामुहिक दर्ता गराउनु पर्ने, दुई देशबीच कुनै विषयमा सन्धी पछि विवाद आएमा अन्तराष्ट्रिय अदालतले निरुपण गर्ने भनी क्षेत्राधिकार स्वीकार गरेमा र कुनै पनि देशले अर्को कुनै देशसँग विवाद आएमा त्यस्तो विवाद अन्तर्रािष्ट्रय अदालतले हेरे मन्जुर छ भनी समय तोकि संयुक्त राष्ट्रसंघको महासचिव समक्ष निवदेन दिएमा मात्र त्यस्ता मुद्दा हेर्ने प्रावधान रहेको छ । के नेपालले यी ३ बुदामा भारतलाई मनाउन सक्ला ? त्यसैले यस्ता विषयहरु टुंग्याउन असल कुटनैतिक पहल नै उपयुक्त निकास हो । नक्सा कायम मात्र गरेर पुग्दैन । भारतले भोग चलन गरेको जग्गा फिर्ता हुन कुटनैतिक माध्यम मात्र अचुक औषधि हो ।

नेपाल र भारतवीचको राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र नागरिक–नागरिकबीचको सम्वन्धका कारण दुवै देशबीचको सम्वन्धमा देखिएको कुनै विवाद वा बैमष्यता कुटनीतिक माध्यमबाट नै निकास खोज्नु उपयुक्त हुन्छ । शक्ति प्रदर्शन वा द्वन्दबाट दुवै देशको हित हुँदैन । भारतमा बसेर लाखौं नेपालीले आफ्नो मान, सम्मान र प्रतिष्ठा बनाई सकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको नवलपरासीमा जन्मिएका जीतबहादुर सारुलाई धर्मपुत्र बनाएका छन् । सवा अर्ब बढी जनसख्या भएको भारतमा प्रधानमन्त्री मोदीले जीतबहादुरलाई धर्मपुत्र बनाउनुले दुई देशबीचको भावनात्मक सम्वन्ध अतुलनिय भएको दर्शाउँछ ।

यस्तै भारतका प्रख्यात योगगुरु रामदेवका प्रमुख साझेदार र सहायकको रुपमा स्थापित भएका बालकृष्ण नेपाली मुलका हुन् । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ नेपाली मुलका भारतीय हुन् । त्यसैले पनि भारत सरकार र भारतको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँगको सम्वन्धलाई चटक्क भुलेर विगार्न चाहँदैनन । नेपालमा संविधान सभाबाट संविधान जारी भएपछि भारतीय सरकारले लागू गरेको अघोषित नाकाबन्दीले दुई देशबीचका नागरिकको सम्वन्ध सुदृढ नभएको पाठ भारतले सिकिसकेको छ ।

भारतसँगको सम्वन्धको कुरा गर्दा उत्तराखण्डको धार्चुलाहुँदै चीनको सीमा जोड्ने रणनीतिक महत्वको सडक आजभन्दा पाँच वर्षअघि नै निर्माण शुरु भएबाट गडबड भएको देखिन्छ । तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भारत र चीनबीच भारतको उत्तराखण्डबाट कालापानी हुँदै चीनको मानसरोवर पुग्ने व्यवापारिक तथा रणनीतिक सडकमार्गबाट दुवै देशलाई जोड्ने सम्झौता हुँदा दुवै देशलाई कुटनीतिक नोट पठाएर आपत्ति जनाएका थिए । तर त्यसपछिका प्रधानमन्त्री वा सरकारले त्यसलाई फलोअप नगर्दा भारतसँगको सम्वन्धमा एक्कासी दरार पैदा भएको छ ।

भारतले नेपालको कालापानीलाई समेटेर नक्सा बनाएको ६ महिना अघि नै हो । सो सडक निर्माण थालेको ५ वर्ष अघि नै हो भने सडक उद्घाटन मात्र यही मे महिनामा भारतीय रक्षा मन्त्रीले गरेका हुन् । भारत सरकारले निर्माण गरेपनि सो सडक निर्माणको सम्झौता गर्ने अर्को पक्ष भनेको चीन सरकार हो । तर, चीन सरकारलाई यस विषयमा कुनै गुनासो वा जानकारी नै नदिने सरकारले भारतले सीमा मिचेको भनेर जुरुक्कै उफ्रिँदा भारतसँगको सम्वन्ध झन झन विग्रदै गएको अनुमान गर्न सकिन्छ ।

कालापानी क्षेत्रमा तत्कालिन राजा महेन्द्रले भारत र चीनबीच युद्ध हुँदा केही समयका लागि भन्दै भारतीय सुरक्षा निकायलाई अस्थायी क्याम्प राख्न दिएका थिए । तर, सोही भूमिबाट चीनसँग जोड्ने सडक निर्माणमा सम्झौता गर्ने चीन अहिले जिम्मेवारीबाट पन्छन खोज्नु रहस्यमय देखिन्छ । चिनियाँ संचार माध्यमले विश्वको सर्वोच्च शीखर सगरमाथा आधा चीनको भनेर विश्वव्यापी प्रचार गर्दा नेपालको परराष्ट्र मन्त्रालयले कुटनीतिक तवरबाट सामान्य असहमति समेत व्यक्त नगर्नुले नेपालको कुटनीतिक प्रदर्शन एकपक्षिय वा एउटा मुलुकप्रति ढल्किएको देखिन्छ ।-नयाँ विकल्पबाट

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org