नेपाली / English
scroll सम्पादकीय

नेकपा बहुमतको सरकार तुहिने नै हो त ?

काठमाडौं । विश्व कोभीड–१९ को महामरीमा पील्सिन वाध्य भएको छ । नेपालमा पनि दिनानु दिन करोना संक्रमण र ज्यान गुमाउनेको संख्या बढी रहेको अवस्था छ । बेरोजगारी, शिक्षा, स्वास्थ्य र अर्थतन्त्रले आउने दिनहरुमा कस्तो परिणाम निम्त्याउने हो यस्तो गहन विषयमा ध्यान दिनु त परै जाओस शायद बहुमतको सरकारले छलफल समेत चलाएको देखिदैन । तर सत्ता र कुर्शिका लागि तोडफोड, गुट उपगुटको खेल चरम सीमामा पुगिरहेको छ । लामो समयदेखि नेपालको सत्तारुढ कम्युनिस्ट पार्टीमा चलिरहेको चर्का चर्की अब चरम शिखरमा पुगेको जस्तो देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल अब एक अर्कासँग आमने सामने भएका छन् । प्रधानमन्त्रीको राजीनामाको मागमा दाहालले ओलि बिना स्थायी समितिको बैठक सुरु गरेका छन् ।

ओलीबिना बैठक सुरु भएपछि दाहाल निकट मन्त्रीले राजीनामा गर्न सक्ने विश्वास गरिएको छ । साथै प्रधानमन्त्री ओली पनि राजीनामा पेश गर्न सक्छन भन्ने अनुमान समेत गरिएको छ । राजीनामाको कयासमा ओलीले अविश्वासको प्रस्तावलाई त्याग्न संसदको बजेट सत्र विघटन नगरी रद्द गर्ने निर्णय गरेका हुन । यसैगरी स्रोतका अनुसार पुष्पकमल दाहालको निवासमा धमाधम बैठकहरू भइरहेका छन् । पार्टीका महासचिव बिष्णु पोडेल, उपप्रधानमन्त्री ईशोर पोखरेल, विदेश मंत्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल र उप संसदीय दलका नेता सुभाष नेम्वा लगायतका नेताहरु आज बिहीबारका दिन बिहान दाहालको निवासमा पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्माको सरकार प्रति लामो समयदेखि प्रश्न देखिन थालेको थियो ।

भ्रष्टाचारको आरोपको साथसाथै देशमा कोरोना भाइरस महामारीसँग ठीकसँग व्यवस्था नगरेको पनि आरोप लगिदै आएको थियो । त्यस्तै पुष्पकमल दाहाल पनि पछि प्रधानमन्त्रीको पद ग्रहण गर्न राजी भए तर पछि उनले आफूलाई पार्टीको कमान्डमा सीमित राखेका थिए । ओलीले जनतालाई गरेका आश्वासनहरू पूरा गरेनन मैले प्रधानमन्त्री छोड्नु गल्ती भएको भन्दै दाहालले आरोप समेत लगाए थिए ।
पार्टीको स्थायी समितिको असार १० गते (जुन २४) मा बसेको बैठकमा दाहालले सरकार जनताको अपेक्षाहरू अनुरूप चल्न नसकेको बताउदै “हामीले पार्टी एकीकरणको बेलामा आन्तरिक रूपले सरकार चलाउने सहमति गरेका थियौं तर म आफैं पछि हटें ।

तर सरकारको काम देखे पछि अहिले आएर मलाई लाग्छ त्यसो गरेर मैले गल्ती गरेको बताउदै सरकारले समाजवाद प्राप्त गर्ने आफ्नो लक्ष्य पूरा गर्न असफल भयो भने पार्टीले आउँदो चुनावमा असफलताको सामना गर्नुपर्ने हुन सक्छ साथै सरकार र पार्टी संकटमा पर्न सक्ने बताएका थिए । ओलीले सरकारको पक्षमा बमेल्दै प्रशासन राष्ट्रिय हितमा व्यस्त छ र सत्तापक्षका नेताहरूले मात्र विपक्षी जस्तो व्यवहार गरिरहेको आरोप लगाउदै सरकारले कोरोना महामारीको सामना गरी देशको विकास कार्य गरिरहेको बताए । केही समय अघि प्रधानमन्त्री ओलीले भारतले उनीलाई हटाउन काठमाडौंको एउटा होटलमा बैठकहरू भइरहेको औंल्याउदै यसका लागि दूतावास पनि सक्रिय रहेको दाबी गरेका थिए ।-साझाडेस्क

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Powered by NewsAPI.org