नेपाली / English
scroll खेलकुद / मनोरन्जन

ए डिभिजनका ६ वटा फुटबल क्लवलाई महानगरको जनही १० लाख रुपैयाँ सहयोग

काठमाडौं । काठमाडौंका ६ वटा ‘ए डिभिजन फुटबल क्लव’को विकासका लागि काठमाडौं महानगरपालिकाले जनही १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर क्लवका अध्यक्षहरुलाई महानगरका मेयर बिद्यासुन्दर शाक्यले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले डमी चेक प्रदान गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले खादा लगाएर सम्मान गर्नुभएको थियो ।

महानगरमा मनाङ्ग मस्याङ्गदी, संकटा क्लब (यसबियससि), हिमालयन शेर्पा, सरस्वती युवा, मच्छिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटि) गरी ६ वटा ए डिभिजन फुटबल क्लब छन् । यसै गरी ब्वाइज यूनियन, अन्नपूर्ण (आरसिटि), टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लव छन् । सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब गरी ७ वटा सि डिभिजनका फुटबल क्लव छन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रवर्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । खेलबाट स्वस्थ्य सहर निर्माण गर्ने महानगरको नीति हो । प्रमुख शाक्यले, ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, हरियाली प्रवर्धनजस्ता कामसँगै खेलकुद बिकासका लागि काम गर्दै आएको बताउनु भयो । फुटबल बिश्वमा अधिक रुचाइएको खेल हो । हामीले दिएको सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ । यसरी छानिएका खेलाडीले भोलि अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा हो, उहाँको भनाइ थियो ।

बि र सि डिभिजन क्बलाई यसपटक सहयोग दिन सकिएन । हामी आउँदो बर्ष यस बर्षको पनि थप गरेर बि डिभिजनलाई ६ लाख रुपैयाँ र सि डिभिजनलाई ४ लाख रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउँछौ. । मेयर शाक्यले खेलाडीलाई प्रोत्साहन गर्दै भन्नुभयो — खेलमा हामी लगानी बढाउँदै जानेछौं ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले — खेलाडीहरुको आत्मबलले मात्र जीत प्राप्त हुने बताउँदै खेलमा भविष्य छ भन्ने अनुभूति दिन सक्नुलाई पनि उपलब्धी मान्नु पर्ने बताउनुभयो । भविष्य नदेखेका कारण यस अघि राम्रो सम्भावना भएका खेलाडी पेशा छोडेर अन्यत्र गए । अब हामी त्यस्तो हुन दिँदैनौं । पूरै लगानी गर्न नसकिएला तर न्युनतम आवश्यकता पूरा गर्न हामी लगानी बढाउँछौं ।

काठमाडौँ महानगरपालिकाले सहयोग दिएपछि बिराटनगरले पनि दियो । महानगरले शुरु गरेका काम महत्वपूर्ण हुन्छन् । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो — काठमाडौँ उपत्यकामा बढेको घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएका छन् । यस्ता मैदान बचाएर महानगरले खेल बचाउन सक्छ ।

कार्यक्रममा बोल्दै मच्छिन्द्र क्लबका अध्यक्ष प्रवोधवीर कंसाकारले खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंशा गर्नुभयो । काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खेल विकासमा सहयोग गर्ने परम्पराको थालनी भएको छ । उहाँको भनाइ थियो । कार्यक्रममा प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली, सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापासहित फुटबल क्लबबाट प्रतिनिधिमुलक सहभागिता थियो ।

महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

यस अघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लवलाई ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो । यसैगरी २०७६ बैशाख २३ गते बि र सि डिभिजन क्लबलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो ।-चन्द्रमणि भट्टराई

विश्वबाट समाचार

Your Life at Home

Parenting, technology and wellness advice, and what to watch, read, cook and grow while staying safe at home.

Inside Cameo, the app...

During the pandemic, Baskin joined an app where you can hire the likes of Anthony Scaramucci and Lindsay...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

He set out to...

Some defensive sites are better maintained than others, and many lack context about the conflict.

Map: Which states are...

Hundreds of millions of people started moving around again. Now, a surge is here, with new restrictions.

Asked and answered: What...

The Washington Post has catalogued questions about the novel coronavirus and provided a guide to help you find...

U.S. coronavirus cases and...

The death toll from covid-19 began to rise steadily in early March, then more sharply as the disease...

Powered by NewsAPI.org