नेपाली / English
scroll प्रदेश ५

नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँलेहरु त्रसित

नवलपरासी । अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् । बिजुली समेत नपुगेको सुस्ता गाउँमा बाढी पसेपछि गाउँलेहरु त्रसित भएका छन् । नदीमा पानीको सतह अधिक भएकाले बाढीले डुबानमा परेका १ सय ९५ घर परिवारलाई सुरक्षित स्थानमा राखिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनका अनुसार बाढीको डुबानमा परेका परिवारलाई जनता दलित आधारभूत विद्यालयमा राखिएको छ ।

२ सय ६५ घरमध्ये ७० घर भने सुरक्षित छन् । नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि पश्चिम नवलपरासीको नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । नदीमा पानीको बहाव उच्च भएपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । नदीको सतह खतरा भन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । गण्डकका कारण सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्व सूचना प्रवाह गरिएको उनले बताए । नारायणी नदीमा दाउरा छोप्ने क्रममा बाढिले बगाउँदा सुस्ता गाउँपालिकामा वडा नम्बर ४ नर्सही थारुगाउँका चेतनारायण थारुका ३२ वर्षीया छोरा सन्तु चौधरी बेपत्ता भएका छन् । १३ नम्बर ठोक्करबाट पानीको ठूलो बहावले थारुलाई बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रुपन्देहीको तिनाउ नदीमा पनि पानीको सतह बढ्दै गएको छ । जिल्लाका तिनाउ, रोहीणी, दानव लगायतका नदीहरुले कटान गरेका छन् । कटानले कतिपय बस्तीहरु जोखिममा परेका छन् भने खेतीयोग्य जमिनमा क्षति पुगेको छ । रुपन्देहीको गण्डक नहरको खुर्दालोटन बाँधका कारण मर्चवार, सम्मरीमाई गाउँपालिकाका बस्तीहरु समेत जोखिममा परेका छन् । अविरल बर्षाका कारण लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न। २ का ४ घरमा बाढी पसेको रुपन्देही जिल्ला प्रशासनले जनाएको छ । नदीमा पानीको सतह बढेकाले समुदायलाई सचेत र सजग गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

बुटवल पाल्पा सडक निरन्तर अवरोध
बुटवल पाल्पा सडकखण्ड पछिल्लो एक हप्ता यता खुल्ने र बन्द हुनेक्रम जारी रहेको छ । प्रदेश न। ५ मा सबैभन्दा बढि पहिरोका कारण अवरुद्ध हुने सडकमा सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड परेको छ । सोमबार राती परेको अविरल बर्षाका कारण सिद्धबाबा मन्दिरको आडैमा ढुंगासहितको पहिरो खसेको थियो । तिनाउ गाउँपालिका वडा नं। ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिरको छेउमै रहेको खहरे खोलामा आएको ढुंगा र लेदोसहितको पहिरोले मन्दिर परिसरमा समेत क्षति पुर्‍याएको छ । धर्मशालाको स्टोर कक्ष, भान्सा, धारा, प्रचार बोर्ड, नजिकैको फलामको रेलिङ्ग र श्राद्धस्थलमा क्षति पुर्‍याएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खस्ने गरेको छ । पहिरो तत्तकाल हटाएर सडक सुचारु गरेपनि कतिखेर अवरुद्ध हुन्छ केही भन्न नसकिने प्रदेश न। ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपि डिल्लिनारायण पाण्डेले बताए । कपिलवस्तुको धानखोला, दाङ रोल्पा, तानसेन रामपुर सडक बेलाबेलामा पहिरोले अवरुद्ध हुनेक्रम जारी छ ।-नागरिक न्यूजबाट

विश्वबाट समाचार

Your Life at Home

Parenting, technology and wellness advice, and what to watch, read, cook and grow while staying safe at home.

Inside Cameo, the app...

During the pandemic, Baskin joined an app where you can hire the likes of Anthony Scaramucci and Lindsay...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

He set out to...

Some defensive sites are better maintained than others, and many lack context about the conflict.

Map: Which states are...

Hundreds of millions of people started moving around again. Now, a surge is here, with new restrictions.

Asked and answered: What...

The Washington Post has catalogued questions about the novel coronavirus and provided a guide to help you find...

U.S. coronavirus cases and...

The death toll from covid-19 began to rise steadily in early March, then more sharply as the disease...

Powered by NewsAPI.org