नेपाली / English

नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद साउन मसान्तसम्म : महासंघ

काठमाडौं । नेपालपत्रकार महासंघका अध्यक्षगोविन्दआचार्यको अध्यक्षतामा २०७७ साउन ८ गते बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवीपत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल भएको छ । छलपलमा कोरोना महामारीका कारण २०७७ वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगितभएको सन्दर्भमा महासंघको सांगठनिक गतिविधि प्रभावितभई २६औं महाधिवेशनको मितितय गर्न समेत कठिनाई उत्पन्न भएकाले ती गतिविधिहरुका बारेमा निर्णय लिन आगामी भदौ २–३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयका साथै लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद २०७७ साउनमसान्त सम्म थप्ने निर्णय गरेको छ ।

कोरोनामाहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवीपत्रकारहरुलाई दबावपूर्ण बेतलबीबिदामा राख्ने, निष्कासनगर्ने, पारिश्रमिक कटौतीगर्ने र कामगर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमामहासंघले श्रमजीवीपत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्तबनाई परिणाममूखी बनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै निरन्तर पाँचवर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्जरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहहरुलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनिदुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गर्ने, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासंघको मिसन सबै प्रदेशहरुमा परिचालितहुने, महासंघले स्थापना गरेको एक करोड रुपैया बराबरको आपतकालिन कोषमा महासंघ केन्द्रकातर्फबाट रु. तीस लाख र महासंघ बेलायत शाखाबाट रु. बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वैच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्त भित्र सो कोषमा रकम जम्मा गर्न आह्वानगर्ने, महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकमउपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगार मूलक सञ्चारमाध्यमलाई सहुलियत पूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग मागगर्नुका साथै गतवर्ष भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्यबाहिर ल्याउन नेपाल सरकारसँग मागगर्ने निर्णय बैठकले लिएको विज्ञप्तिमा जनाएको छ ।