नेपाली / English
scroll विविध

धम्की दिनेलाई तत्काल कानुनी दायरामा नल्याए कडा संघर्षमा जाने चेतावनी : महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबाट केन्द्रीय सभासद् रहनुभएका वरिष्ठ पत्रकार तथा चाहना पब्लिकेशन प्रालिद्धारा प्रकाशित आर्थिक दैनिक पत्रिकाका सम्पादक प्रल्हाद रिजाललाई ‘ज्यान मार्ने धम्की’ दिएको घटनालाई प्रहरीले बेवास्ता गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । लगभग दुइ हप्ता अघि गत भदौ २५ गते गोरखाका घरजग्गा व्यवसायी बेदप्रसाद काप्रीले पत्रकार रिजाललाई ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार रिजालका अनुसार काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भनी काप्रीले धम्क्याएका कारण नै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र उपत्यका प्रदेश समितिले उक्त घटनाको भत्सर्ना गर्दै प्रेस विज्ञप्ती जारी गरी सम्वन्धीत निकायको ध्यानाकर्षण गराइसकेका छन् । तर प्रहरीले अहिलेसम्म दोषीलाई कुनै कारवाही नगर्नुले आम पत्रकार तथा पत्रकार महासंघलाई आक्रोशित बनाएको छ ।

एकजना सशक्त पत्रकारलाई त्यस्तो गम्भीर प्रकारको धम्की दिँइदा पनि निजलाई कुनै कारवाही नहुनुले सबै पत्रकारहरुको मनोबल गिर्नुका साथै अपराध कर्म गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । काप्रीको साँठगाँठ र उठबस उच्च तहका प्रहरी अधिकारीहरुसंग नै रहेकाले अहिलेसम्म निजलाई कुनै कारवाही नभएको बुझिएको छ । कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हुन जाने ठहर गर्दै पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस स्वतन्त्रता विरोधीहरुको मनोबल उच्च हुने र पत्रकारहरुको मनोवल गिर्ने गरी भएका गतिविधीलाई तत्काल नियन्त्रण गर्न समेत जोदार माग गर्दै विज्ञप्ति मार्फत जनाएको छ ।

पत्रकारलाई यस प्रकारका धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुका साथै यो विषयलाई बेवास्ता गरेमा उत्पन्न हुने परिणामको जिम्मेवारी समेत सम्वन्धीत पक्षले लिनुपर्ने चेतावनी समेत दिदै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विज्ञप्ति जारी गरेको छ । पत्रकार रिजालमाथी भोलीका दिनमा हुनसक्ने सुरक्षा खतराप्रति विशेष सजगता अपनाइदिनुहुन आग्रह सहित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अविलम्ब काप्रीलाई कारवाही नगरेमा कडा संघर्षमा जान बाध्य हुने तर्फ सम्वन्धीत सरोकारवालाई सचेत गराउँदै पत्रकारको सुरक्षाका सवालमा गम्भीर बन्न राज्यलाई समेत सचेत गरेको जारी विज्ञप्ति भनिएको छ ।

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org