नेपाली / English
scroll स्वास्थ्य

विनाशकारी बाढीका कारणले दक्षिण एसियाका लाखौं  बालबालिकाहरू प्रभावित

काठमाडौं । बंगलादेश, भारतनेपाल, र भुटानमा विगत केहि हप्तादेखिको अविरल वर्षाको कारण आएको बाढी तथा पहिरोबाट दशौं लाख बालबालिकाका साथै उनीहरूका परिवारहरू पनि प्रभावित भएको कुरा युनिसेफले उल्लेख गरेको छ।  बाढी प्रभावित अनुमानित ४० लाख भन्दा बढी  बालबालिकाहरूलाई तत्काल सहयोग आवश्यकता रहेको छ भने अन्य लाखौ बालबालिकाहरू जोखिममा रहेका छन् ।

अत्यन्तै प्रतिकुल मौसमले निम्त्याउने संकटको सामना गर्दै आइरहेको यस क्षेत्रमा  हालैको भारी वर्षा, बाढी र  लगातारको पहिरोले प्रभावित क्षेत्रका बालबालिका तथा उनीहरूका परिवारलाई ठुलो संकटमा पारेको छ . दक्षिण एसियाको लागि युनिसेफका  क्षेत्रीय निर्देशक जिन गफले भन्नुभयो । प्रभावित केहि क्षेत्रहरूमा देखिएको  कोभिड-१९को संक्रमण त्यसको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सावधानीको कारणजटिलता थपिएको छ  उहाँले थप उल्लेख गर्नु भयो।   यी ४ वटा देशमा गरि ७०० भन्दा बढीले ज्यान गुमाएका छन् । साथै दर्जनौ मानिसहरू हराइरहेका छन् भने बालबालिकाहरूको  मृत्यु भएका समाचारहरू पनि आइरहेका छन् ।

युनिसेफले आफ्नो प्रतिकार्यलाई थप शसक्त पार्दै प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालिन आवश्यकता पुरा गर्न सघाउनको लागि सम्बन्धित सरकारहरू र मानवीय सहायता  संस्थाहरूसँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको छ । तर, कोभिड-१९ महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको छ ।  विशेष गरि आपतकालीन आश्रय स्थलमा रहेका  प्रभावितहरू माझ  संक्रमणको जोखिम कम गर्नको लागि  र भौतिक  दुरी कायम गर्नु तथा हात धुनु आवश्यक हुन्छ।

सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँच बाहिर रहेका छन्।  बालबालिकाहरूका लागि सफा पानी, रोग फैलिन नदिनको लागि आवश्यक सरसफाई सामाग्री, खाद्यान्न र  आश्रय स्थलमा खेल्ने ठाउँ अत्यावश्यक हुन्छ। कोभिड-१९ महामारीकै समयमा थपिएका जलवायु परिवर्तन तथा अत्यन्तै प्रतिकुल मौसमी घटना नै हालका लागि यो क्षेत्रका सबै भन्दा ठुला समस्या हुन् जिनगफले भन्नु भयो। यी खतराले यस क्षेत्रका बालबालिकाहरूको लागि निम्त्याउने चुनौतीलाई सम्बोधन गर्नको लागि तात्कालिन सहायता, थप श्रोतसाधन तथा सृजनात्मक कार्यक्रम अत्यन्तै आवश्यक छन्।

बंगलादेशमा मात्रै बाढीबाट १३ लाख बालबालिका सहित २४ लाख मानिसहरू प्रभावित भएको  अनुमान गरिएको छ भने ५ लाख भन्दा बढी ५४८,८१६ परिवारले घरबार गुमाएका छन्। अम्फान नामक समुद्री आँधीबाट तंग्रिदै गरेको तथा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आपतकालीन तथा स्वास्थ्य प्रतिकार्य प्रणाली  उच्चतम क्षमतामा सकृय भैरहेको समयमा बंगलादेशमा बाढीको विपत आइपरेको छ।  युनिसेफले बाढीको  प्रतिकार्य नेतृत्व गरिरहेका सरकारी निकायका साथै गैर सरकारी संस्थाहरुसँगको सहकार्यमा बालबालिका तथा समुदायका लागि अत्यावश्यक पानी, सरसफाई तथा स्वच्छता सामाग्रीहरू प्रदान गर्नुका साथै देश भरि नै प्रकोप विरूद्वको व्यापक प्रतिकार्यमा सहयोग गरिरहेको छ।

भारतमा विहार, आसाम, उडिशा, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, केरला, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा गरि बाढीबाट प्रभावित ६० लाख मानिसहरू मध्ये २४ लाख बालबालिकाहरू रहेको  अनुमान गरिएको छ।  यो समयमा बाढी आउनु सामान्य भएता पनि मध्य जुलाइमा नै यति ठुलो बाढी आउनु असामान्य हो, फेरि यहि समयमा भारतमा दैनिक ३० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।  छिटो र प्रभाकारी प्रतिकार्यको लागि युनिसेफले भारत सरकार तथा अन्य साझेदारहरूसँग सहकार्य गरिरहेको छ। निश्चित जिल्लाहरूमा कोभिड-१९ बाट सुरक्षित राहत शिविर व्यवस्थापन निर्देशिका लागू गर्दै  बाल मैत्री स्थानहरूको व्यवस्था गर्ने कार्यमा आसाम सरकारलाई सहयोग गर्नुका साथै युनिसेफले अन्य थुप्रै राज्यहरूमा मातृ तथा बाल स्वास्थ्य सेवाको निरन्तरता र कोभिड-१९ प्रतिकार्यमा सहयोग गरिरहेको छ।

नेपालमा आषाढ २५ यताको भारी मनसुनी वर्षा पछि आएको बाढी पहिरोले २०  जिल्लाका विभिन्न स्थानहरूमा प्रभावित पारेको छ, जसको कारण बिहीबारसम्म १०० जना भन्दा बढीले ज्यान गुमाउनुको साथै  ८७ जना घाइते भएका छन् भने  वेपत्ता भएका ४८ जनाको पनि मृत्यु भैसकेको आशंका गरिएको छ।  १०,००० जना प्रभावित मध्ये आधा जसो बालबालिका रहेका छन्, र ७,५०० जना विस्थापित  हुन पुगेको यहि समयमा कोभिड-१९प्रभावितको संख्या पनि उल्लेख्य रूपमा बढेको छ।  हालसम्म नेपालको मध्य क्षेत्र तथा सुदुरपश्चिम क्षेत्रका पहिरो प्रभावित मानिसहरूलाई कम्बल, त्रिपाल, सरसफाई सामाग्री, बाल्टिन, जग र पानी शु4 पार्ने चक्की प्रदान गर्दै प्रतिकार्यमा सहयोग गरेको युनिसेफ अत्यावश्यक स्वास्थ्य सेवाको साथै कोभिड-१९सँग सम्बन्धित स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने कार्यमा अग्रपंक्तिमा रहेको छ।  निकट भविष्यमै बाढी पहिरो पिडितहरूलाई थप सहयोग प्रदान गर्नको लागि युनिसेफले तयारी गरिरहेको छ।

भुटानमा मनसुनी वर्षा पश्चातको पहिरोले मुख्य राजमार्गको साथै  जिल्लाहरू जोड्ने सडकहरूमा क्षति पुगेकोले यातायात तथा संचार सेवामा अवरोध सिर्जना गरिरहेको  छ।  ७ वटा सहायक नदी तथा तिनमा मिसिन आउने खहरेमा पानीको सतह बढेको कारणलेमाओ नदीमा अकस्मात आएको बाढीले हालसम्म  सम्म ४ जना मानिसको ज्यान लिनुका साथै  बालीनाली तथा पानी प्रशोधन केन्द्रमा समेत असर पारेको छ। अहिले सम्म पनि पानीको वहाव उच्च रहेकोले माओ नदीमा फेरि पनि  बाढी आउने जोखिम कायमै छ।

विश्वबाट समाचार

Your Life at Home

Parenting, technology and wellness advice, and what to watch, read, cook and grow while staying safe at home.

Inside Cameo, the app...

During the pandemic, Baskin joined an app where you can hire the likes of Anthony Scaramucci and Lindsay...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Map: Which states are...

Hundreds of millions of people started moving around again. Now, a surge is here, with new restrictions.

Asked and answered: What...

The Washington Post has catalogued questions about the novel coronavirus and provided a guide to help you find...

U.S. coronavirus cases and...

The death toll from covid-19 began to rise steadily in early March, then more sharply as the disease...

Powered by NewsAPI.org