नेपाली / English

पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहित ३ जना नेता नेपाली कांग्रेस पार्टीबाट निष्कासन

काठमाडौं । पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहित ३ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो। गत चुनावमा पार्टीका अधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको र पार्टीलाई पराजित गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई निष्कासन गरिएको हो। जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ ।