नेपाली / English
scroll प्रदेश ३

कर्मचारीको कुरा सुन्न प्रमुख प्रशासकीय अधिकृत ताहाचलमा

काठमाडौं । साबिक निजामती सेवाबाट समायोजन भएर काठमाडौं महानगरमा आउनु भएका कर्मचारीको कुरा सुन्न, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आज प्रशासन बिभागका प्रमुख नमराज ढकालसहित ताहाचल पुग्नुभयो । त्यहाँ (तत्कालीन जिल्ला शिक्षा कार्यालय रहेको ठाउँमा) अहिले शिक्षा बिभाग, कृषि बिभाग र भेटेनरी महाशाखा रहेका छन् । ती ३ वटै सेवा साबिक जिल्लास्तरीय सेवाबाट स्थानीय तह (काठमाडौं महानगरमा) आएका हुन् । त्यहाँको कार्यप्रणाली, कार्यालय र कर्मचारी व्यवस्थापन, महानगरसँग सेवाको अन्तरघुलनका बिषयमा जानकारी लिन उहाँ ती बिभागको निरीक्षणमा जानुभएको हो । शिक्षा बिभागमा ७ जना, कृषि बिभागमा ५ जना र भेटेनरी महाशाखामा ८ जना कर्मचारी हुनुहुन्छ । उहाँहरुमध्ये शिक्षा बिभागमा कार्यरत लेखापालबाहेक अरु सबै साबिक निजामती सेवाबाट आउनुभएको हो ।

कार्यालयको निरीक्षण, सेवा प्रवाहको अवस्था र कर्मचारीको मनोबिज्ञान बुझिसकेपछि उहाँले भन्नुभयो — ‘समायोजनबाट आउनुभएका कर्मचारीलाई महानगरले ग्रहण गरिसकेको छ । अब बिभाग—बिभागका बीचमा समन्वय गरेर एकीकृत सेवा व्यवस्थापनमा काम गर्नुपर्छ । समायोजनबाट आउनुभएका कर्मचारी र पहिल्यैदेखि महानगरमा काम गर्नुहुने कर्मचारीबीच घुलमिल गर्नुपर्छ ।’ उहाँले लक्षित बर्गमा लाभ पु¥याउने कार्ययोजनाको कुरा गर्दै भन्नुभयो — ‘तपाई सेवाप्रदायक मात्र होइन । महानगर क्षेत्रमा बसोबास गर्नेभएकोले लाभग्राही पनि हो । कुनै कार्यालयमा जाँदा त्यहाँका कर्मचारीबाट तपाई जुन खालको सेवा र व्यवहारको अपेक्षा गर्नुहुन्छ । तपाईले त्यहीअनुरुपको आचरण गर्नुपर्छ । ’

त्यस क्रममा प्रशासन बिभागका प्रमुख नमराज ढकालले भन्नुभयो — ‘समायोजन भएर आउने कर्मचारीले प्राप्त गर्ने सुबिधामा फरक परेकोले समायोजन प्रक्रियामा केही जटिलता देखिएको थियो । ती समस्याहरुमध्ये धेरैको समाधान आइसकेको छ । अब सबै मिलेर सेवा व्यवस्थापनलाई चुस्त बनाउनुपर्छ ।’ महानगरले स्थानीय सेवा ऐन तर्जुमा गरिरहेको बताउँदै ढकालले, फरक सेवा, समूह, श्रेणी र तहमा काम गर्ने कर्मचारीको सुबिधा र शर्त यसैबाट समाधान हुने बताउनुभयो ।
त्यस क्रममा कृषि बिभागका प्रमुख हरिबहादुृर भण्डारीले, कृषि प्रयोगशाला बनाउने, बजार व्यवस्थापन गर्ने, बृक्षारोपण र फूल रोप्ने काम कृषि बिभागको क्षेत्रमा पर्ने भएकोले ती जिम्मेवारी बिभागलाई दिन आग्रह गर्नुभयो । खाद्य सुरक्षा र सहरी खेतीको प्रवर्धन गर्र्ने योजनाा सुनाउँदै भण्डारीले — बजार अनुगमनमा फराकिलो हुनुपर्ने बताउनुभयो ।

त्यस क्रममा शिक्षा अधिकृत मोती भट्टराई र मोती खनालले अहिले १०० बढी बिद्यालयले तह बृद्धि गर्न निवेदन दिएको जानकारी गराउनुभयो । फाइल स्वीकृत गराउन टाढा जानु पर्ने भएकोले भएकोले समस्या भएको, बिभागमा सवारी साधनको अभाव रहेको उहाँहरुको भनाइ थियो । जिल्ला स्तरीय कार्यालयमा भन्दा स्थानीय तहमा काम गर्न सजिलो हुने अनुभूति गरेको अनुभव सुनाउँदै भेटेनरी महाशाखा प्रमुख डा. अवधेष झाले भन्नुभयो — हामीलाई काम गर्ने ठूलो ठाउँ र पर्याप्त संरचना चाहिन्छ । महाशाखाले अहिले चौपाया र सामुदायिक कुकुर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभयो । त्यस क्रममा बोल्दै अरु अधिकारीहरुले — समायोजन भएर हाजिर हुन नपाएका समयमा प्राप्त नभएको सुबिधा प्राप्तिका उपाय, हाजिर नभएकैकारण जेष्ठता गणनामा परेको समस्यालगायतका बिषयमा गुृनासो सुनाउनुभएको थियो ।

महानगरले पदान गर्ने सेवा सुबिधा सबैका लागि एकै प्रकारका हुन्छन् । यसमा चिन्ता नगर्नोस्, अधिकारीहरुको प्रश्नको जवाफमा प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — महानगरका काम गर्ने कर्मचारी जहाँबाट आएका हुन्, एउटै परिवार भएपछि आन्तरिक समस्या समाधान गरेर हिँड्नुपर्छ । त्यस क्रममा कर्मचारीले बहन गर्नुपर्ने उत्तरदायित्व, अभिलेखीकरण, कार्य सम्पादन सम्झौतालगायतका बिषयमा छलफल भएको थियो ।–चन्द्रमणि भट्टराई

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org