नेपाली / English
scroll प्रदेश ३

गाईजात्रालगायत पर्व मनाउँदा महामारीको बिषम परिस्थिति बुझन महानगरबासीलाई आग्रह

काठमाडौं । कोभिड महामारीको संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा आस्था र विश्वाश नछोड्न तर भीड नगर्न काठमाडौं महानगरपालिकाले स्थानीयसँग आग्रह गरेको छ । आज महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५० औं कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्ण्र्ाागरेको हो । ‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरि नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । हामीले मनाउने जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपर्ूण्ा समय हो ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पर्ूण्ा पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले र्सतर्कता अपनाउनुको अर्को विकल्प छैन । बितेर जानुभएकाहरुको आत्माको चीर शान्तिको कामना गरौं । यस बर्षघर बाहिर निस्किने समय छैन । अवस्था मनन गरेर घरमै बिधि गरौं । बाहिर नआऔं ।’

गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ, उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समुदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र र्सवसाधारण पनि सचेत हुनपर्छ ।’

बैठकमा बोल्दै महानगरकी उपमेयर हर्रि्रभा खड्गी श्रेष्ठले भन्नुभयो – जात्रा पर्व मनाउने सर्न्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनर्ुपर्छ । एउटै भूगोलमा रहेका स्थानीय तहमध्ये कुनैले मनाउने, कुनैले नमनाउने निर्ण्र्ाागर्नुहुँदैन ।’ उहाँले थप्दै भन्नुभयो – ‘हाम्रो मेयर साब उपत्यका नगरपालिका फोरमको अध्यक्ष हुनुहुन्छ । अब तपाईँले फोरमको बैठक बोलाएर यस बिषयमा निर्ण्र्ाागर्नुपर्छ ।’ उपप्रमुख खड्गी श्रेष्ठले – मुुद्दा / उजुरी दर्ता गर्दा तत्काल न्यायिक निरुपण गर्नुपर्नेलाई गर्ने, पछि दर्ता गर्दा पनि हुने मुद्दालाई पछाडि सार्नुपर्ने बताउनुभयो । त्यस्तै ताला खोल्ने र कोठा खाली गराउने बिषयमा वडाध्यक्षले निर्ण्र्ाालिँदा भोलि कानुनी झन्झट हुन सक्ने भएकोले यस्ता बिषय न्यायिक समितिमा पठाउन पनि आग्रह गर्नुभयो ।

गाईजात्रा पर्व कसरी मनाउने – महामारीले ग्रस्त समयमा बाहिर आउँदा झन् ग्रस्त हुने हो कि- अथवा कुनै उपाय अपनाएर जात्रा मनाउन सकिन्छ- महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले स्थानीय गुठीयारहरुसँग परामर्श गर्नुभएको थियो । गुठीयारहरुसँगको छलफलका बारेमा बैठकमा जानकारी गराउँदै उहाँले भन्नुभयो – ‘मेयर शाक्यले छलफल गर्नु भनेपछि मैले मानन्धर संघ, कपाली समाज, ज्यापू महागुथि, तुलाधर समाज, खड्गी सेवा समिति, कसाः, द्यौला, रजक, नकमिः, माली, नापित, पुतुवारलगायत स्थानीय गुठीयार र समुदायसँग छलफल गरेँ । उहाँहरुबाट स्वास्थ्य सुरक्षा ख्याल गर्नुपर्ने सुझाव आएको छ ।’

परम्परागत रुपमा सापारु -गाईजात्रा) लगायत पर्व मनाउँदा सहभागीहरुलाई महामारीको प्रकोपबाट बचाउन कस्तो निर्ण्र्ाालिनपर्ला, छलफलमा वडाध्यक्षहरु नीलकाजी शाक्य, बिकास डंगोल, कार्यपालिका सदस्य प्रेम पुजारीलगायत बैठकका सदस्यहरुले आस्था र आफ्नो स्वास्थ्य दुवै जोगाउन स्थानीयबाट सहयोग प्राप्त हुनुपर्ने सुझाव राख्नुभएको थियो । बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष -संचालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि – २०७७ पनि पारित गरेको छ । बैठकमा प्रस्तुत गरिएको मैतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ लाई भने थप छलफल गरेर निर्ण्र्ााा पुर्‍याउने गरी टुङ्ग्याइएको छ ।

बैठकले वडा – ९ को भवन निर्माणको भेरिएसन स्वीकृत गरेको छ भने चालृु आर्थिक बर्षा लागि निर्माण सामाग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामाग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो । बैठकमा सहरी पर्ूवाधार बिभागका प्रमुख राम थापाले दररेट सम्बन्धि विवरण प्रस्तुत गर्नुभएको थियो । बैठकमा संस्कृति र गुठीयारको चाहना बिषयमा वडाध्यक्ष शुद्धकुमार डंगोल, कार्यपालिका सदस्य प्रेम पुजारीलगायत जनप्रतिनिधिहरुले धारणा राख्नुभएको थियो । त्यसै गरी, संसद बिकास कोषबाट हुने गरेका काम र महानगरको बिकासको अन्तरसम्बन्धका बिषयमा वडाध्यक्षहरु मुकुन्द. रिजाल, ख्याम तिवारी, नारायण भण्डारी, नविन मानन्धर, शोभा सापकोटा, रामकुमार के. सी., दलबहादुर कार्की, बिकास डंगोललगायतले धारणा राख्नुभएको थियो । संसद बिकास कोषबाट हुने काम पुनरावलोकन गर्नु पर्ने देखियो । यसलाई बिधिले व्यवस्थापन नगरी हुँदेन, उहाँहरुको धारणाको सार थियो ।

बैठक शुरु हुनु अघि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक जितेन्द्र बस्नेतले राष्ट्रिय परिचय पत्र निर्माणका प्रक्रियाका बिषयमा जानकारी दिँदै काठमाडौं महानगरमा विवरण संकलन कार्य छिट्टै हुन लागेको जानकारी गराउनुभयो । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहसचिव राजेश्वर ज्ञवालीसहित बिभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।

विश्वबाट समाचार

Your Life at Home

Parenting, technology and wellness advice, and what to watch, read, cook and grow while staying safe at home.

Inside Cameo, the app...

During the pandemic, Baskin joined an app where you can hire the likes of Anthony Scaramucci and Lindsay...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

He set out to...

Some defensive sites are better maintained than others, and many lack context about the conflict.

Map: Which states are...

Hundreds of millions of people started moving around again. Now, a surge is here, with new restrictions.

Asked and answered: What...

The Washington Post has catalogued questions about the novel coronavirus and provided a guide to help you find...

U.S. coronavirus cases and...

The death toll from covid-19 began to rise steadily in early March, then more sharply as the disease...

Powered by NewsAPI.org