नेपाली / English / हिन्दी

आनलाईन व्यवसायका नाममा दराज आनलाईन सेवाको ठगी

काठमाडौं । आनलाईन व्यवसायका नाममा नेपालमा सैयौं मानिस ठगिने गरेका छन् । कोभीड–१९ को जोखिम, सरकारले डिजिटल कारोबारलाई बढावा दिएको अवस्था र माहामारी जोखिमका कारण जनसाधारण आनलाईन कारोबार प्रति आर्कषित भईरहेकोले आनलाईन व्यवसायिहरु यसलाई कमाउ धन्धा बनाईरहेका छन् ।
यस्तै लामो समय देखि आनलाईन व्यवसाय सञ्चालन गर्दै आएको डिजिटल प्लेटफर्म दराजको ठगीको प्रमाण यस आनलाईनलाई प्राप्त भएको छ । आर्कषक तस्विर र सस्तो मूल्य देखाएर दराज आनलाईनले ग्राहकलाई आर्कषण गर्ने, पैसा असुल्ने सामान डिलिभरीको लागि अनुरोध गर्दा च्याट बक्स बन्द गर्ने, मानिसलाई मानसिक तनाव श्रृर्जना गर्ने र अन्तमा सामानको स्टक नरहेको भन्दै ग्राहकहरुलाई बेवकुफ बनाउने प्रमाण प्राप्त भएको छ ।

यसरी आनलाईन कारोबारको नाममा नक्कली गुणस्तरहिन सामान बेच्ने र उजुरी गर्दा मोबाईल अफ गर्ने कुरा सामान्य भएको यसका भुक्तभोगिहरु बताउछन् । दराज र यस्ता अनेकौ डिजिटल सेवा प्रदायहरुको ठगी दिनदिनै बढ्दै गएकोले ग्राहक वर्ग सचेत हुनु पर्ने देखिएको छ भने सम्बन्धित सरोकारवाला सरकारी निकायले यस्ता ठगी व्यवसायमा संलग्नलाई तत्काल कार्वाहि गरी जनसरोकारको विषयमा सम्बोधन गरिनु पर्ने माग सर्वत्र उठ्न थालेको छ ।