नेपाली / English / हिन्दी

रौतहटका क्षेत्रमा संक्रमण समुदायमा फैलिने त्रास

रौतहट । रौतहटमा समुदायस्तरमा कोरोनाको संक्रमण देखा पर्न थालेको छ। पछिल्लो चार दिनमा रौतहटमा राजदेवी, कटहरिया र गरुडा नगरपालिकामा दर्जनौँ मानिसमा कोरोना संक्रमण देखिएपछि जिल्लामा त्रास बढेको हो।  मंगलवार रौतहटको गरुडामा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा दुई जना स्वास्थ्यकर्मी पनि रहेका छन् । बाँकी नौ जना सर्वसाधारण रहेका छन् । गरुडा नगरपालिका वार्ड नम्बर ३ मा यसअघि एक जनाको कोरोना संक्रमण पुष्टि भएकोमा कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा थप चार जनामा  कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको हो।

यसै गरी सोमवार कटहरिया नगरपालिकाको नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि कटहरियामा पनि त्रास देखिएको छ । स्थानीयबासीमा निकै सजगता अपनाएको छ । बजार क्षेत्रमा पनि प्रहरीले निकै कडाइ गरेको छ । व्यापक चेकजाँच गर्न थालेपछि र लुकीछुपी पसल संचालन गर्नेहरुलाई प्रहरीले खोज्न थालेपछि कटहरियामा निषेधाज्ञा पूर्ण प्रभावित देखिएको छ ।-नागरिकन्यूजबाट