नेपाली / English / हिन्दी

बेंगलुरुमा फेसबुक पोस्टका कारण भएको हिंसामा तीन व्यक्तिको मृत्यु, ६० प्रहरी घाइते

बेंगलुरु, भारत । कर्नाटकको राजधानी, बेंगलुरुको एक समुदायले कथित फेसबुक पोस्टका कारण ठूलो हिंसात्मक झडप भएका कारण पुलिसले गोली चलाउनु परेको छ । पुलिसको गोलीले तीन जनाले ज्यान गुमाएका छन भने लगभग ६० प्रहरी जवान घाइते भएका छन् ।

हिंसात्मक गतिविधिमा संलग्न ११० जनालाई पक्राउ गरेको छ । भारतिय समाचार माध्यमका अनुसार फेसबुकमा अपमानजनक पोस्टबाट नाराज भएका मानिसहरूले पुलकेशी नगर विधायक अखण्ड श्रीनिवास मूर्तिको घरमा हमला गरेका थिए जसका कारण शहरको डीजे हल्ली र केजी हल्ली पुलिस स्टेशनमा मानिसहरुले हंगामा गरेका थिए । त्यसपछि स्थिति नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नुप्ेको थियो । बेंगलुरुका पुलिस आयुक्त कमल पन्तले अनुसार डीजे हल्ली र केजी हल्ली क्षेत्रमा कथित फेसबुक पोस्टलाई लिएर हिंसात्मक झडप भएको थियो ।