नेपाली / English / हिन्दी

नविकरण शुल्क पचास प्रतिशत छुट गर्न प्रेस नेपालको महासंघसँग माग

कठमाडौं । श्रमजीवि पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण तथा नविकरणका लागि यही साउन मसान्त ९२०७७।४।३२ गते० सम्म समय तोकिएको छ । कोरोनाका कारण सबैलाई आ–आप्mनो खाले समस्या भइरहेको बेला पत्रकारहरुले तोकिएको समयमा सदस्यता प्राप्ति तथा नविकरण गर्न मुस्किल पर्ने भएकोले हाम्रो संगठन प्ेस नेपालको तर्पmबाट महासंघको सदस्यता वितरण तथा नविकरणका लागि कम्तिमा पनि १५ दिन समय थप गर्न र नविकरण शुल्क समेत ५० प्रतिशत छुट गरिदिने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ लगायत प्रदेश तथा जिल्ला शाखाहरुसँग प्ेस विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको र मृतकको संख्या पनि थपिदै गइरहेकोले यस्तो परिस्थितिमा महासंघको २६औं महाधिवेशन समेत अन्यौलमा रहेकोले पनि अहिलेलाई सदस्यता नविकरणको समयावधि थप गर्नुपर्छ भन्ने प्रेस नेपालको माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।