नेपाली / English / हिन्दी

बाढिपहिरोबाट प्रभाबित दोलखा जिल्लाका बासिन्दाहरुलाई लायन्स क्लबको सहयोग

सिन्धुपाल्चो । बाढिपहिरोबाट प्रभाबित दोलखा जिल्लाको कलिन्चोक गाउँ पालिकाको लापलिङका लगभग ४० घरपविारका बासिन्दाहरुलाई लायन ईन्द्रबहादुर कार्कीको नेतृत्वमा लायन्स क्लब काठमाडौं न्यू ग्रीन सिटिका राज कुमार थापा, कोटेश्वर ग्लोबल भीजनका संगिता शर्मा र कमल सुबेदिको सहयोगमा राहत स्वरुप सहयोग सामाग्रीहरु बितरण कार्य सम्पन्न गरेको छ । लगभग एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री सहित लत्ताकपडा मास्क सेनिटाइजर र केही ब्यक्ति हरुलाइ नगद सहयोग गरि झन्डै १,५०,००० सहयोग बराबरको बितरण गरिएको छ ।