नेपाली / English / हिन्दी

संदर्भ : महिलाहरुको नजरमा तिज

तिज , परापुर्ब काल देखि अहिलेसम्म नै मनाउदै आइरहेको , विशेष गरि हिन्दु धर्म अबलम्बी महिलाहरुले मनाउने चाड हो । यो भाद्र शुक्ल द्वितिय देखि पन्चमीसम्म मनाइन्छ। तिज , भन्ने बित्तिकै माइती र चेलिबिचको प्रगाढ सम्बन्ध माया, प्रेम भन्ने बुजिन्छ, तिजमा माइत जाने भन्ने चलन नै छ ।  दर मिठो मिठो परिकारहरु खाने, खौने अनि हरि तालिकाको दिन बिबाहित महिलाले आफ्नु पतिको सु-सुस्वास्थ तथा दिर्घायुको कामना गर्दै र अविवाहितहरुले राम्रो पति पाउ भन्ने उदेश्यले, भगवान शिवजिको आरधाना उपसना गरिन्छ । तर मलाइ था छैन कुन कुन नारीले पानी पनि नपिइ कन व्रत बस्दा कस्ता कस्ता पति पाए । समय सँगसँगै,  समाज पनि रुपान्तरण हुँदै जान्छ, जिम्मेवारीहरु बड्दै जान्छ्न तर सामाजिक संस्कार र धर्म जोगाउदै जानू हाम्रो दायित्व हो। हामिले हाम्रा धर्म, परम्परा र संस्कृतीलाई सहज बनाउन सक्नु पर्छ ।
धर्म र संस्कारहरुमा जोडिएका परम्परागत कुरितीहरुलाइलाई आलु छाने जस्तो गरि छान्न सक्नु हाम्रो दायित्व हो, राम्रा राम्रा लुगा गहनाहरु लगाउनु , मिठो मिठो खानु, नाचगान गर्नु भन्ने चलन हिजो आमाको पालाम पनि थियो र आज मेरो पालाम पनि छ तर फरक एतिमात्र हो  हिजो आमाले खाएको दरमा ममता मिसिएको थियो अगाड सम्बन्ध मिसिएको थियो, घाँस दाउरा गर्दा निस्किएका पसिनामा मेरि आमाको बास्ना थियो, तर त्यही दर आज खल्लो हुँदै गएकोछ, स्वाद हिन भएको छ । तेसैले तिज नारिहरुको चाडहो , येस्लाइ रमाइलो सँग मनाउ कसैको देखासेखी गरेर होइन व्यवहारिक रुपमा मनाउ, सम्पूर्ण नेपाली नारीहरुलाई २०७७ को तिज को शुभकामना । -पार्बती गौतम, कोटेश्वर काठमाडौ