नेपाली / English / हिन्दी

महिलाहरुका लागि शिक्षा, नेतृत्व र रोजगारी आजको आवश्यकता

समाज सेवामा महिलाहरूको सक्रियता बिगतमा भन्दा हाल केहि बर्ष यता महिला सामाजिक अभियन्ता सशक्त रुपमा देख्न पाइन्छ। देशै भरी भएका जति पनि सहकारी संस्था देखि लिएर अरु पनि थुप्रै संघ संस्थाहरुमा महिला दिदीबहिनीहरुको उपस्थिति बढ्दो रुपमा नै देखिन्छ । तर, पनि देशमा कम योग्यता भएका महिला दिदीबहिनीहरुलाई उचित प्रकारको स्वरोजगारको ब्यवस्था नभएको र शिक्षा, स्वास्थ्य सम्बन्धि जनचेतनाको कमीका कारणले विभिन्न यौनजन्य कृयाकलापका साथै अनेक प्रकारका हिंसात्मक गतिविधिहरुमा पनि उतिकै भेटिन्छन्। यसको मुल कारण भनेको अशिक्षा र गरिबि नै हो।

दु:खको कुरा, स्वदेशमा उपयुक्त उद्योग ब्यवसायहरु नभएको कारणले गर्दा जिबिकोपार्जनको लागि बिदेश जानु पर्ने वाध्यता एकातिर छ भने अर्कातिर बिदेशमा पनि उचित रोजगार अभावका कारणले बलात्कारको शिकार बनेर पैसाको सट्टा गर्भवति भएर नेपाल फर्किएका घट्नाहरु दिन दिनै समाचार बनिरहेका हुन्छ्न।

यो देशमा जुन जोगि आए पनि कानै चिरिएको भने जस्तै, अहिले सम्म नेपालको इतिहासका पाना हेर्ने हो भने कुनै पनि सरकारले न्यून आय भएका बर्गका लागि केही भरपर्दो किसिमको योजना वा रोजगारको ब्यवस्था ल्याउन सकेको देखिदैन । यसै कारण महिलाहरु विभिन्न प्रकारका हिंसात्मक गतिविधिहरुको दल दलमा फस्नु परेको छ। बरु जति पनि महिला हकहितका लागि काम गर्ने संघ संस्थाहरु छन उनीहरुले न्यून आयआर्जनमा बाच्न बाध्य भएका बर्गका महिलाहरुका लागि आय मुलक घरेलु उद्योगहरु सन्चालन गराएर सेवा प्रदान गरिरहेको पाइन्छ।

मैले भन्न खोजेको कुरा, सक्रिय र पढेलेखेका, कुनै पनि ठाउँमा नेतृत्व गर्न सक्ने स्तरका महिलाहरु पनि आज प्रसस्तै नभएका होइनन तर, पुरुषहरु सरह महिलाहरुले पनि सरकारको जुनसुकै नेतृत्व तह र तप्कामा काम गर्ने हिम्मत राख्नु पर्छ र समाज रुपान्तरणको लागि महिलाहरुको अद्वितिय भुमिका हुनु पर्छ। जबसम्म महिलाहरु सशक्त रुपमा अघि बढेर महिलाहरु माथी हुने गरेका अन्याय अत्याचार विरुद्ध आवाज बुलन्द गर्न सक्दैनन तब सम्म महिला माथी हुने गरेका हिंसाहरु कथा मै सिमित रहन्छ्न। त्यसैले हामी सक्रिय बनौ, आत्मनिर्भर बन्ने प्रयास गरौ, देश र जनताको लागि केही गरौ।-पार्बती गौतम, कोटेश्वर, काठमाडौ