नेपाली / English / हिन्दी

अभिनेता दिलीप कुमारका भाइ असलम खानको निधन

मुम्बई । कोविड–१९ को संक्रमणका कारण अनुभवी अभिनेता दिलीप कुमारका कान्छो भाइ असलम खानको आज बिहान मुम्बई अस्पतालमा निधन भएको छ । कोरोनाभाइरस बाहेक असलमलाई मधुमेह, उच्च रक्तचाप र ईस्केमिक मुटु रोग पनि पत्ता लागेको थियो । उनी ८८ वर्षका थिए । दिलीप कुमारका दुई भाई एहसान खान र अस्लमलाई कोरोनाभाइरस सम्बन्धी परीक्षणमा कोरोना सकारात्मक देखिएपछि अगस्ट १६ मा अस्पतालमा भर्ना गरिएका थिए ।