नेपाली / English / हिन्दी

निषेधाज्ञाले पनि सोचे जस्तो परिणाम देख्न सकिएन

काठमाडौं । कोरोना संक्रमण रोकथा र नियन्त्रणका लागि सरकारले ४ गते देखि देशका विभिन्न जिल्लारुमा कतै आंसिक त कतै पूर्ण रुपमा निषेधाज्ञा घोषणा गरेको थियो । तर, निषेधाज्ञा पछिका दिनहरुमा संक्रमणको संख्या दिन प्रति दिन ह्यात्तै बढी रहेको छ । यस्तै कोरोना संक्रमणका कारणले ज्यान गुमाउनेको संख्या पनि दैनिक कमसे कम दश जानाको को हुने गरेको छ ।

उपत्यकामा बिहीबार ३७७ जना संक्रमित भेटिएिकोमा शुक्रबार झन् बढीमा कोरोना संक्रमित पुष्टि भएको छ । शुक्रबार उपत्यकामा २४ घन्टामा थप ४ सय १५ संक्रमित पुष्टि भएको हो । वाग्मती प्रदेशको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा जम्मा संक्रमितको संख्या ४ हजार ४०५ रहेको थियो । यो सँगै काठमाडौं उपत्यकामा हालसम्म जम्मा संक्रमितको संख्या ४ हजार ८२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ भने जम्मा संक्रमणको संख्या ३५,४५६ र आजसम्म निको हुनेको संख्या २०,४५६ रहेको छ ।

हुनत तर सरकारी पक्षको कोरोना नियन्त्रणको प्रयास गरेको देखिन्छ तर विगतमा सरकारको ठट्टा–ठट्टा मै अथवा हेलच्यात्र्mाईले अहिले यो अवस्था भोग्नु परिरहेको पक्कै पति हो यसमा कुनै शंकै छैन । कारण हवा तालमा अथवा लहलहमै चैत्र महीनाको लकडाउन पनि हो । लहलहमै लकडाउन गरेर लकडाउनको समयमा सरकारको ढुकुटीको दुरपयोग भयो । कोरोना महामारीलाई सरकार पक्ष ले ठट्टा मै लियो । नेपालको लागि हामी छौ भन्दै चीन ले खोकेकोले वा शायद चीन ले दिएको अश्वासनमा मख्ख भएर प्रधानमन्त्री ओली सरकार बेसार पानीको तुक्कामै सिमित रह्यो जसको परिणाम आज देखनु भोग्नु परिरहेको छ ।

सबै भन्दा आवश्यक थियो भारत नेपाल सीमासँगका क्षेत्रहरुमा सशक्त निगरानि, तर सरकारको फिलो नीति र निकम्मापनाको कारणले सीमावर्ति क्षेत्रमा कोरोना संक्रमण रोकथाम गर्न पूर्ण रुपमा असफल रह्यो सरकार ? त्यसको परिणाम विभिन्न समाचार माध्यमका अनुसार उता प्रदेश २ मा शुक्रबार एकैदिन कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ । बाराको सिमरा उप महानगरपालिका–२ का ७७ वर्षीय पुरुष, महोत्तरी मनरा सिसवा नगरपालिका–४ का ३७ वर्षीय पुरुष, सोही नगरपालिका ५ का ७४ वर्षीय पुरुष, मंगहा नगरपालिका २ सिंयाहीका ६० वर्षीय पुरुष र लहान नगरपालिका ९ की ६५ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ३०, वारामा १३, रौतहटमा ३, सर्लाहीमा ३, महोत्तरीमा ६, धनुषामा १२, सिरहामा ५ र सप्तरीमा ५ गरी ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पर्सामा १ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ८४ पुगेको छ । बारामा ५ जना थपिएसँगै संक्रमितको संख्या ७ सय ९१ पुगेको छ । रौतहटमा २० जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय २९ पुगेको छ । सर्लाहीमा १३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ६७ पुगेको छ । महोत्तरीमा १३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । धनुषामा १९ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ९८ पुगेको छ । सिरहामा २ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । सप्तरीमा ६ जना थपिएसँगै संक्रमितको संख्या ७ सय ८५ पुगेको छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५ पुगेको छ । शुक्रबार यस प्रदेशबाट १ सय ५२ जना निको भएर फर्किएका छन ।