नेपाली / English / हिन्दी

रत्नपार्कमा गरिब दिनदु:खिहरुलाइ खाना खुवाउदै लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटि 

काठमाडौं। लामो समयदेखि समाजसेवा मा खटिनुभएका लायन इन्द्र बहादुर कार्की र संगीता शर्मा यतिबेला साच्चै नै गरिब दिनदु:खीहरुको दु:खमा साथ दिदै सहयोग गर्दै आइ रहनु भएको छ । कोरोनाको विषम परिस्थितिको कारण लकडाउनको मारमा परेका दैनिक ज्याला मजदुरी गर्ने र सडक पेटीमा मागेर दैनिकी गुजारा गर्ने ५०० जना भन्दा धेरैलाइ १०० ग्रुप र लायन्स क्लब अफ काठमाडौ न्यु ग्रीन सिटि तथा बिभिन्न संघ संस्थाहरुले बिगत १५७ दिनदेखी नियमित रुपमा खाना खुवाउने कार्यक्रम गर्दै आउनु भएको छ ।
कसैले खाना खान पाएनन् वा कसैको घरमा खानको लागि राशन सकियो भने आफुले खाने भाग कटाएरै भएपनी पीडितको घरमा खाद्यान्न लिएर पुग्नु हुने समाजसेबि तथा लायन इन्द्र ब कार्कीले काठमाडौंका भएका धेरै बाल तथा बृद्धा आश्रममा हरियो तरकारी समेत पुर्याउन भ्याउनु भएको छ । तेस्तै यता संगीता शर्मा पनि उतिकै लागि परेकी छिन । कुनै बालबालिका तथा महिलाले खान पाएनन् भन्ने कुरा सुन्ने बित्तिकै आफ्नै स्कुटरमा आद्यान्न लिएर दिनदु:खीको घरसम्म पुगेर राहत बितरण गर्छिन।
राहत बितरणको कुरा त छदैछ लकडाउनपछि निषेधाज्ञा भएको आज १५७औ दिन बितिसक्दा सडकको पेटिमा भोको पेट छटपटाइ रहेका ४५०/५०० मानिसहरुलाइ दैनिक खाना खुवाउदै आउनु भएको छ क्लब प्रेसिडेन्ट इन्द्र ब कार्की  र क्लब सेक्रेटरी संगीता शर्माले । १०० ग्रुप र लायन्स क्लब अफ काठमाडौ न्यु ग्रीन सिटि तथा सम्पुर्ण सहयोगी मनहरु विशेष धन्यवादको पात्र हुनुहुन्छ ।
रत्नपार्कमा खाना खानको लागि दिउँसो ३ बजे देखि मानिसहरुको भिड लाग्ने गर्छ र खाना बेलुकिको ५.०० बजेबाट खुवाउन सुरु गरिन्छ । कहिले ४०० हुन्छन् भने कहिले खाना खानेको संख्या ५००/५५० पुगेको हुन्छ। लायन्स क्लब अफ काठमाडौं ग्रीन सिटिको सामाजिक कार्य अबिछिन्न रुपमा जारि रहने कुरा समेत कुराकानिको क्रममा क्लबकि सेक्रेटेरी संगिता शर्माले बताउनु भयो ।
अहिलेको विषम परिस्थितिमा आफ्नो ज्यानको प्रबाह नगरी गरिब दिनदु:खीहरुको सहयोगको लागि अहोरात्र रुपमा खटिरहरनु भएका यी ब्यक्तित्वहरुलाइ सधै मानव सेवा गर्ने अझ धेरै हौसला मिलोस उत्तोरोत्तर प्रगति होस भन्ने कामना ति सडकको पेटिमा भोको पेट छटपटाइ रहेकाहरुको अन्र्तआत्माले दिने नै छन् । मनवता र मानव सेवा अर्थात Where is Need there is lions भन्ने लायन्स अन्र्तराष्ट्रियको मोटोलाई सहिरुपमा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटिका प्रेसिडेन्ट इन्द्र बहादुर कार्की र सेक्रेटरी संगीता शर्माले चित्रार्थ गरिरहनु भएको छ ।