नेपाली / English / हिन्दी

सिन्धुपाल्चोकका पहिरो प्रभावितहरुको घाउमा मलम पट्टि लगाउदै लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी

काठमाडौ । लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी , कोटेश्वर ग्लोबल भिजन र लायन्स क्लब अफ भक्तपुर नमस्ते को बिशेष पहलमा सिन्धुपाल्चोकमा पहिरो प्रभावित भै स्थानान्तरण गरिएका ३७ परिवारलाइ राहत बितरण कार्यक्रम गरेको छ । सेवाको क्रममा  सिन्धुपाल्चोक खमारेका पहिरो प्रभावित ३७ घर परिवारलाइ राहत पानी फिल्टर, झुल र मास्क लगायतका सामान बितरण कार्य सम्पन्न गरियो । यस कार्यक्रमलाई कोअर्डिनेट गर्नु हुने लायन्स क्लब अफ Ktm New Green CT , कोटेश्वर ग्लोबल भिजन र भक्तपुर नमस्ते रहेका थिए।
 उत्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी का चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन इन्द्र ब कार्की ज्यु न्यू ग्रीनसिटी कै सचीव संगीता शर्मा ज्यु बलेफी गाउँपालिका वार्ड न १ का वार्ड अध्यक्ष मधु थापा ज्यु कलाकार चेतन सापकोटा मेगा खबर का राजकुमार सर लागायत का ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यसै वार्ड का वार्ड सदस्य को आग्रह अनुसार हामिले सो ठाउमा राहत संकलन गरि बितरण कार्य सम्पन्न भएको हो  । समय समयमा  सिन्धुपाल्चोक जिल्ला माथी नै यस्ता दैबिक प्रकोपका घटनाहरु भैरहेको पाइन्छ । दिनभरी यताउता गरि दिन कटाएका सिन्धुबाशिहरु पहिरो को डरले कहिले पनि रातमा निदाउन नसकेको कुरा कुराकानिको क्रम मा स्थानिय श्याम कृष्ण खड्का ज्यु ले बताउनु भयो ।