नेपाली / English / हिन्दी

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाका मृत्यु

सुर्खेत । सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डा.हरि सापकोटाको बाँकेको भेरी अञ्चल अस्पतालमा बिहीबार निधन भएको नेपाल सरकारी चिकित्सक संघका महासचिव कृतिपाल सुवेदीले जानकारी दिएको छ । डा. सापकोटालाई कोरोना संक्रमण भएपछि १० दिन भेन्टिलेटरमा राखिएको थियो ।

डा. सापकोटाको भेरी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल सरकारी चिकित्सक संघका अध्यक्ष रबिन खड्गाले जानकारी दिए । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।